माघ १०, नवलपरासी । नवलपुर बर्दघाट सुस्तापूर्वको कावासोतीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । कावासोती नगरपालिका वडा नम्बर ८ मा रहेको भित्रको सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा मृत्यु हुनेमा कावासोती नगरपालिका वडा नम्बर ३ बस्ने २४ वर्षीय हेमराज थापा र कावासोती ८ बस्ने २६ वर्षीय सुनिल जैसवाल रहेका छन् ।
मोटरसाइकल अनियन्त्रित भएर सालको रुखमा ठक्कर खाँदा दुर्घटना भएको हो ।
प्रतिक्रिया दिनुहोस