सामाजिक सञ्जालमा भाइरल अर्जुन विक बलात्कार आरोपमा पक्राउ

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १३, कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–२ साँडेपानीका २४ वर्षीय छित्ता भन्ने अर्जुन विक (कामी) अपहरण शरीर बन्धक तथा जबरजस्ती करणी मुद्दामा पक्राउ परेका छन । छोरालाई पिँठ्यूमा बोकेर ठेला चलाउँदै गरेका बेला सामाजिक सञ्जालमा भाइरल भएका अर्जुन विक पक्राउ परेका हुन ।

भजनी नगरपालिका वडा नं ४ बाट १३ वर्षकी किशोरीलाई अपहरण गरी काठमाडौं महानगरपालिका–१० देवीनगरस्थित डेरामा ल्याएका उनी गत साउन १५ गतेसम्म डेरामै राखेर फरार उनलाई ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले माघ ८ गते काठमाडौंको तीनकुनेबाट पक्राउ गरेको हो।

प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रतीक विष्टका अनुसार उजुरीपश्चात अपहरण शरीर बन्धक तथा जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरी विकको निरन्तर खोजी गरिएको छ । खोजी क्रममा उनलाई काठमाडौंमा पक्राउ गरिएको छ । पीडित युवतीले गत साउन ३० गते बन्धक कोठामा डर, धाकधम्की दिई जबरजस्ती करणी समेत गरेको उजुरी दिएकी थिइन्।

‘उनलाई पक्राउ गरी जिप्रका ल्याई कैलाली जिल्ला अदालतबाट सोही मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भइरहेको छ । पक्राउ परेका अर्जुन विक केही महिनाअघि श्रीमतीले धोका दिएर छोडेकी भन्दै छोरालाई पिँठ्यूमा बोकेर ठेला चलाउँदै गर्दा सामाजिक सञ्जालमा भाइरल भएका थिए।

प्रतिक्रिया दिनुहोस