राष्ट्रिय पुनर्निर्माण प्राधिकरण तनहुँका सब इन्जिनियरविरूद्ध भ्रष्टाचार मुद्दा

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १३, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण तनहुँका सब-इन्जिनियरविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) तनहुँका सब-इन्जिनियर सुरेन्द्र अधिकारीविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।

अनुसन्धानको सिलसिलामा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई, (शिक्षा) तनहुँका सव(इन्जिनियर सुरेन्द्र अधिकारीले विद्यालयको शौचालय निर्माण सम्पन्न भएपश्चात अन्तिम किस्ता निकासा गरिदिए वापत सेवाग्राहीसँग रु। १,५०,०००।– घुस रकम लिएको पुष्टि हुन आएको हो । उनले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) अनुसारको कसुर भएकोले उनलाई बिगो रु. १,५०,०००।– (एक लाख पचास हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय हुन मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिनुभयो । अख्तियारले बिगो एक लाख ५० हजार बिगो असुल गरी ६ महिनादेखि एक वर्ष ६ महिनासम्म कैद सजायको माग गरेको छ।

प्रतिक्रिया दिनुहोस