माघ १३, बाँके । ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलिले दुईमुखे सर्प सहित ४ जना पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरीले बाँके कोहलपुर नगरपालिका ११ स्थित संरक्षीत माछाको प्रजाती ८ हजारसहित ३ जना र जिल्ला बाँके नेपालगन्ज उपमहानगरपालिका २० राझा स्थितमा दुई मुखे सर्प सहित १ जना गरी जम्मा ४ जनालाई नियन्त्रणमा लिएको हो ।
उनिहरु माथि थप आवश्यक अनुसन्धानको भईरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी ओम ब हादुर रानाले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस