माघ १३, काठमाडौं । अन्तर्राष्ट्रिय बिमान स्थलबाट अमेरिकी डलर सहित एकजना पक्राउ परेका छन । स्याङ्जा वालिङ नगरपालिका नं। ४ स्थायी वतन भई हाल का.जि.का.म.न.पा. बसुन्धारा बस्ने हुम बहादुर गुरुङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय प्रस्थान एरियाको प्रहरी सहायता कक्ष नजिक आई गैह्र कानूनी रुपमा भिजिट भिसामा दुवई जान लागेका यात्रुलाई अबैध रुपमा अमेरिकी डलर १००० (एक हजार) दिनका लिई आएको अवस्थामा विमानस्थल प्रहरीले पक्राउ गरेको हो । उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान एवं आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी वृत्त, गौशाला पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस