प्यूठानमा मध्यावधि चुनावको तयारी सुरु

Khabar24Nepal Author Logo..
राम बहादुर बिश्वकर्मा पढ्न लाग्ने समय : २ मिनेट

माघ १३, प्युठान। प्यूठानमा मध्यावधि चुनावको तयारी थालिएको छ । सरकारले सरकारले पुस ५ गते सङ्घीय संसद् विघटन गरी आउदो वैशाख १७ र २७ गते निर्वाचनको घोषणा गरेसँगै जिल्ला निर्वाचन कार्यालय प्यूठान निर्वाचनको तयारीमा जुटेको हो ।

निर्वाचन आयोगको निर्देशनअनुसार प्रत्येक स्थानीय तहमा नामावली अद्यावधिक र मतदानस्थलको अनुगमनको काम अघि बढेको जिल्ला निर्वाचन अधिकारी राजन श्रीवास्तवले जानकारी दिनुभयो। “वैशाखमा हुने चुनावका लागी सरोकारवालासँग छलफल गर्दै काम गरिरहेका छौँ ।” श्रीवास्तबले भन्नुभयो। उहाका अनुसार यही माघ १५ गते जिल्लाका नौ वटै स्थानीय तहको केन्द्रमा मतदाता नामावली प्रकाशन गरिने छ।

१६ देखि १८ गतेसम्म मतदाता नाम वा विवरणमा भएको त्रुटि सच्याउन, दोहोरो नाम हटाउन, झुठो विवरण पेश भएका सच्याउनका लागि उजुरी गर्न सकिने जनाइएको छ । कार्यालयले प्रत्येक स्थानीय तहमा निर्वाचन सम्पर्क व्यक्ति छनोटको तयारी समेत गरेको छ । उनिहरुलाई तालिम दिएर स्थानिय तहमा पठाईने कार्यालयले बताएको हो। मतदाता नामावलीमा नाम भएका मतदाताहरूको अद्यावधिक गर्ने काम स्थानीय तहमा नै पुगेर गरिने उहाँको भनाई छ । ‘नयाँ मतदाता नामावली सङ्कलन कार्य गत पुस ५गते देखी नै स्थगित गरिसकेका छौँ, तर गत पुस ५ गते सम्म १८ बर्ष उमेर पुगेका र फोटो सहितको मतदाता नामावली भएको सबैले मतदान गर्न पाउँछन् ।’ श्रीबास्तबले भन्नुभयो ।

अहिले जिल्लाभर १ लाख ४८ हजार ८ सय ६० मतदाता छ्न । यस्तै जिल्लाभर १ सय ५५ वटा मतदान स्थल निर्धारण गरिएको उहाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस