दुई वर्षीया छोरीको हत्या

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १३, अर्घाखाँची । अर्घाखाँचीमा एक बाबुले छोरीको हत्या गरेका छन् । जिल्लाको सितगंगा नगरपालिका–२ झिर्रा गाउँमा २४ वर्षीय सन्तोष घिमिरेले २ वर्षीया छोरी सृष्टिको डोरीले घाँटी कसेर हत्या गरेको प्रहरीले जनाएको छ । छोरीलाई घरमा एक्लै भएको मौका छोपेर घिमिरेले घरभित्रै सुतिरहेको बेला मंगलबार दिउँसो साढे १२ बजेतिर डोरीले घाँटी कसेर छोरीको हत्या गरेको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक बाबुराम बस्नेतले बताए ।

घरमा सन्तोषकी आमा र बाबु काम गर्न बारीमा गएका थिए । सन्तोषकी श्रीमती केही महिनादेखि कपिलवस्तुको चार नम्बर स्थित माईतमा बस्दै आएकी छन् । दुई दिनअघि श्रीमतीलाई लिन चार नम्बर गएका थिए तर आउन मानिनन् । श्रीमान–श्रीमतीको झगडा भएपछि रिसको झोंकमा एक मात्र छोरीको उनले हत्या गरेको हुन सक्ने प्रहरीले जनाएको छ । हत्यापछि सन्तोषलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस