घुससहित दुईजना पक्राउ

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १४,काठमाडौँ। यातायात व्यवस्था कार्यालय जनकपुरधामका कार्यालय सहयोगी र एकजना बिचौलिया घुस लिएको आरोपमा पक्राउ परेका छन् । स्काभेटर र लोडरको लाइसेन्सका लागि सञ्चालित अन्तिम परीक्षामा सहभागी हुने परीक्षार्थीबाट घुस लिएका कार्यालय सहयोगी भोगेन्द्र कापर र बिचौलियाको काम गर्दै आएका जनकपुरधाम उपमहानगरपालिका-१० बस्ने राजकिशोर भगतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

कापरको कोठा खानतलासी गर्दा २ लाख २३ हजार ८५० र भगतको साथबाट ५० हजार रुपैयाँ गरी कुल २ लाख ७३ हजार ८५० रुपैयाँ बरामद भएको आयोगले जनाएको छ । यातायात व्यवस्था कार्यालय, जनकपुरधामको कार्यालय परिसरबाटै मंगलबार दुवैजनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस