सरकारको पहिलो प्राथमिकता जनताको जीवन रक्षा हो: प्रधानमन्त्री ओली

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १४, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको पहिलो प्राथमिकता जनताको जीवन रक्षा रहेको बताएका छन । आज कोरोनाविरूद्ध खोप अभियानको आज शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले जनतालाई रोग र भोकबाट बचाउन सरकार प्रतिबद्ध रहेको र र कोरोना महामारीले गर्दा राम्रा बानीहरुको विकास भएको पनि बताएका छन ।

उनले खोप उपलब्ध गराएकोमा भारतका प्रधानन्त्री नरेन्द्र मोदीलाई पनि धन्यवाद् दिएका छन । थप खोप ल्याउनेबारे पहल भइरहेको जानकारी दिँदै प्रधानमन्त्री ओलीले भने, ‘अन्य मित्रराष्ट्र र संघसंस्थासँग पनि हामीले कुरा गरिरहेका छौं, छिमेकी भारतबाटै खोप खरिदका लागि प्रक्रिया अगाडि बढाइएको छ ।

अब तीन महिनाभित्र सबै नेपालीले कोरोनाविरुद्धको खोप निःशुल्क पाउने बताउदै प्रधानमन्त्री ओलीले भने, ‘करिब तीन महिनाभित्र हामीले सम्पूर्ण नेपालीहरुलाई खोप उपलब्ध गराइसक्ने छौं, कुनै भेदभाव हुनेछैन । कार्यक्रममा आफूले खतरा मोल्न तयार भएर अरुलाई बचाउन क्रियाशिल रहने अग्रपंक्तिमा खटिएका सबैको प्रधानमन्त्रीले खुलेर प्रशंसा गरेका थिए ।

कोरोना संक्रमण नियन्त्रणका लागि स्थानीय तहहरुले ठूलो भूमिका निर्वाह गरेको पनि प्रधानमन्त्री ओलीले बताए । खोप अभियान सुरु भए पनि मास्क लगाउने, समाजिक दूरी कायम गर्ने, खानपान, सरसफाइमा ध्यान दिने लगायत काम कोरोना पूर्ण नियन्त्रण नभएसम्म जारी राख्न उनले सवैलाई अपिल समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस