कोरोनाबाट विदेशमा थप तीन जनाको मृत्यु

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १८, काठमाडौँ। कोरोना संक्रमणबाट विदेशमा थप ३ जना नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघले जनाएको छ । संघका अनुसार यो साता युकेमा तीन जनाको संक्रमणका कारण मृत्यु भएको हो । यो सहित विदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुने नेपालीको संख्या ३ सय ३० जना पुगेको छ ।

त्यस्तै शनिवार साँझसम्म विभिन्न ५० देशमा रहेका ५८ हजार ६ सय ९५ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ ती मध्ये ५५ हजार ७ सय ९३ जना कोरोना मुक्त भएका छन् । यो कुल संक्रमितको ९४ प्रतिशत हो । यो साता बेलायत, मलेसिया, साउदी अरब, पोर्चुगल र नाइजेरियामा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस