बाजुरामा जिप दुर्घटना हुदा ४ जनाकाे मृत्यु, १ जना बेपत्ता , ४ जना घाईते

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : २ मिनेट
  • धर्म सुनार /बाजुरा

पौष १७ बाजुरा । बाजुराको हिमाली गाँउपालिका ७ बाधुमा यात्रुवाहक जिप दुर्घटना हुदा पाँच जनाको मुत्यु भएको छ भने ४ जना घाइते र एकजना बेपत्ता भएका छन । से १ ज १०६४ नम्बरको यात्रुवाहक जिव हिमाली गाँउपालिकाको धुलाचौर बाट कोल्टि तर्फ आउदै गरेको जिप कालापडा भिर बाट कर्णाली नदिमा खसेर दुर्घटना भएको हो ।

दुर्घटना परि मृत्यु हुनेमा जगन्नाथ गाँउपालिका ५ गोत्रि बस्ने गाडि साहु तथा चालक २७ बर्षका रमेश शाहि, हिमाली गाँउपालिका ६ धुलाचौर बस्ने ३५ बर्षका पवन भण्डारी, कैलाली महोन्याल गाँउपालिका ५ बस्ने ३३ बर्षका दिनेश कुमार घर्ती मगर रहेका छन्, एकजनाको पहिचान नभएको इलाका प्रहरी कार्यालय कोल्टीले बताएको छ ।

स्वामीकार्तिक गाँउपालिका ४ वाइ बस्ने १३ बर्षकि शुशिला बिक भने बेपत्ता रहेकी छन् । उनको खोजि भईरहेको इलाका प्रहरी कोल्टीका इन्चार्ज रुद्धसिँह धामिले बाताएका छन । घाइते चार जनाको कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते हुनेमा मुगुको कर्मारोड गाँउपालिका ८ बस्ने २० बर्षका गोम्चो लामा, सोही ठाँउका २१ बर्षका तोर्च लामा, बुढिन्नदा ६ बस्ने २२ बर्षकि सरु विक र उनकी २ बर्षकि छोरी रहेकि छन् । प्रहरीका अनुसार ९ जना जति यात्रु रहेको खुल्न आएको बताएको छ ।

घाइतेलाई उपचारका लागि कोहलपुर लिनका लागि हेलिकेप्टरको कुरा भइरहेको स्वामीकार्तिक गाँउपालिका अध्यक्ष चिरिञ्जबि शाहिले वताएका छन् । खराब मौसम भएकाले हेलिकप्टर उडन नसकेको उनले वताए । तोर्च र सरुको अबस्था निकै गम्भिर रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस