राज्यमन्त्री मानन्धरद्धारा मजदुरसँगै खाना मेसमा

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

बैशाख २०, काठमाडौं । सितला मा.विमा आज देखि सामुहिक मेसको सुरुवात गरिएको छ । आजदेखि प्रत्येक दिन दैनिक ज्यालादारी मजदुर, विपन्न वर्ग लयागत जो सँग खाना खानको समस्या छ ति सबैले खाना खान पाउने व्यवस्था गरेको समाजसेवी देबेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार जो कोही दाताले पनि खाना खुवाउनका लागि सघाउन सक्नेछ ।

दैनिक ज्यालादारी मजदुर, विपन्न वर्गका सर्वसाधारण बिहान बेलुका हात मुख जोड्न समस्या भएकाहरु लागि सञ्चालन गरेको मेसमा सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सगैं खाना खाएर सुरुवात गरेका थिए । सितला माध्यामिक विद्यालय बालाजु हाइटमा आजबाट सुरु भएको मेसमा राज्यमन्त्रीले पनि सगैं खाना खानुभएको हो । आजको खानाको व्यवस्था समाजसेवी देबेन्द्र श्रेष्ठ, प्रकाश बलामी लगायतले गर्नु भएको थियो ।

दैनिक ज्यालादारी मजदुर, विपन्न वर्गका सर्वसाधारण बिहान बेलुका हात मुख जोड्न समस्या भएकाहरु लागि सञ्चालन गरेको मेसमा सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सगैं खाना खाएर सुरुवात गरेका थिए । सितला माध्यामिक विद्यालय बालाजु हाइटमा आजबाट सुरु भएको मेसमा राज्यमन्त्रीले पनि सगैं खाना खाएका हुन ।

महानगरको वडा १६ अन्तरगत बाइपासको तरुण मावि, गंगाहल नजिक होलीगार्डेन स्कुलसँगै, शितला मा.वि, सासा ब्यांकेटमा बिहान बेलुकी खाना खुवाउने गरिएको छ । शितला मा. वि र सासा ब्यांकेटमा आजदेखि सामुहीक मेश सञ्चालन गरिएको हो भने तरुण मा.वि लगायतमा हिजो देखि नै सामुहिक मेश सञचालन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस