माघ २५, काठमाडौँ। कोरोना भाइरस को संक्रमणबाट विदेशमा थप तीनजना नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघले जनाएको छ ।
संघका अनुसार यो साता युकेमा २ जना र अल्जेरिया १ जनाको संक्रमणका कारण मृत्यु भएको हो । यो सहित २१ देशमा कोरोना संक्रमणका कारण मृत्यु हुने नेपालीको संख्या ३ सय ३३ जना पुगेको छ । शनिवार साँझसम्म विभिन्न ५० देशमा रहेका ५८ हजार ८ सय ३२ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ ती मध्ये ५६ हजार २ सय ४७ जना कोरोना मुक्त भएका छन । यो कुल संक्रमितको ९४ प्रतिशत हो ।
यो साता बेलायत, मलेसिया, साउदी अरब, पोर्चुगल र नाइजेरियामा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको गैरआवासीय नेपाली संघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस