आजको मौसम

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २८, काठमाडौँ। हाल पश्चिमी वायुका कारण अहिले सुदूरपश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, प्रदेश १ र वाग्मती प्रदेशका पहाडी भू–भागमा आँशिकदेखि समान्य बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर आँशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै आज राति वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश २ र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ । वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ का पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । मध्य तथा पूर्वी उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । काठमाडौँ उपत्यकाको आजको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस रहेको छ ।

प्रतिक्रिया दिनुहोस