नेपाली समाजको इच्छाविपरित राजनीतिक गतिविधि हुनु दुःखद्ः उम्मेदवार सुवेदी

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ३०, काठमाडौँ। एनआरएनए अमेरिकाका प्रत्यासी महासचिवका उम्मेदवार नवराज सुवेदीले गैरनाफामुलक सामाजिक संघ वा संगठनहरुका नाममा नेपालमा नै रहेको राजनीतिक दलका भातृ संगठनका रुपमा रहनु दुःखद् भएको बताउनुभएको छ ।

आगामी मार्चमा हुने निर्वाचनमा महासचिवको उम्मेदवारी घोषणा गर्नुभएका सुवेदीले अमेरिका लगाएत अन्य मुलुकमा समग्र नेपाली समाजको इच्छाबिपरित राजनीतिक गतिविधि हुनु दुखदायी कुरा भएको उल्लेख गर्नुभयो । राजनीतिक भातृसंगठनकै रुपमा रहेपछि स्वदेश अर्थात नेपालभित्रैबाट पनि गैह्र – आबासिय नेपाली संघ सङ्गठनलाई हेर्ने दृस्टिकोणमा ह्रास आउन थालेकोमा उहाँले दुख व्यक्त गर्नुभयो ।

एनआरएनएका नेतृत्वकर्ताकै कारण जनताको नजरमा ह्रास हुनुको मुख्य कारण सक्षम, क्षमतावान, दुरदर्शी, पारदर्शी नेतृत्ललाई चुनावी अस्वस्थ प्रतिस्पर्धाबाट हराउने र तिनै जेल -जङ्गल र टायर सस्कारका उत्पादित केहि थान ब्यक्तिको जित हुनु रहेको उहाँको ठम्याई रहेको छ ।

उहाँले भन्नुभयो, ‘मैले यसो भन्दै गर्दा केहि साथीहरु अत्यन्तै इमान्दार – निस्पक्ष पनि हुनुहुन्छ । तसर्थ अबको आगामि दिनमा विश्वभरिकै नेपाली समाजलाई समेट्ने गरि शसक्त ढङ्गबाट अभियान नेतृत्वको छनौट गर्न स्वदेश एवं विदेशमा रहनुहुने समस्त आदरणीय नेपाली आमा-बुबा तथा दाजुभाइ-दिदिबहिनिमा हार्दिक अपिल गरिन्छ । अबको अभियान गैह्रराजनितिक, स्वच्छ, स्वस्थ, पारदर्शी, सक्षम एबम इमान्दार क्षमतावान नेतृत्व, स्वदेश तथा विदेशमा रहेको नेपाली समाजको हितलाइ केन्द्रबिन्दुमा राखेर अगाडि बढाइने अभियान ।’

प्रतिक्रिया दिनुहोस