गोली लाग्यो नि युद्ध झल्काउने गीत

Khabar24Nepal Author Logo..
कैलाश घर्तीमगर पढ्न लाग्ने समय : २ मिनेट

फागुन १, काठमाडौं । जनयुद्धको रणभुमीमा आधारित कौरा गीतको म्युजिक भिडियो मगरात टिभी युट्वु च्यानलबाट सार्वजनिक भएको छ। “गोली लाग्यो नी, बस्नु पर्यो मुटु जलाइ छाडीयौं तिमिले मलाई” भन्ने बोलको म्युजिक भिडियो २६ औं जनयुद्ध दिवसको अवसरमा फागुन १ गते सार्वजनिक भएको हाे ।

तत्कालीन नेकपा माओवादी र सरकार बीच १० वर्ष चलेको सशस्त्र द्वन्द्वका क्रममा घाइते,अपांग भएका योद्धाहरुको कथामा आधारित रहेको कौरा गित निर्माण गरि सार्वजनिक गरिएको हो । तत्कालीन नेकपा माओवादीले देश परिवर्तन गर्ने पुरानो सत्ता ढालेर नयाँ जनवादी सत्ता ल्याउने भन्दै २०५२ सालमा भरुवा बन्दुकको भरमा जनयुद्ध सुरु गरेको थियो। त्यही जनयुद्धमा सुनौलो सपना बोकेर लडेका कयौं घाइते अपांगहरुका संघर्षका जिवनलाई भविष्य सम्म जोगाइ राख्नको लागी वास्तविक कथामा उतारेर धेरै मेहनतका साथ यो गित तयार पारेको। यस गितका निर्देशक सुदन थापाले बताए ।

यस गीतको शब्द संगित महेश आरोही मगरको रहेको छ । नेपाल आइडलका प्रतिष्प्रर्धी रामकुमार नेपाली र नीता पुनले स्वर दिएका छन् । मुख्य कलाकार ममता खड्का र अमरजीत पुनमगर रहेका छन। यसैगरी प्रकश पुन, निशा घर्ती, डम्मर बुढा, नवीन डिसी लगायतले अभिनय गरेका छन् । भिडियो निर्देशनमा सुदन थापा र सन्देश शाहले सम्पादन गरेका हुन। छायांकन क्यामेरामा विशाल रोकामगरले गरेका हुन। भिडियो दाङको संक्राम पुर्व जनमुक्ति सेना बसेको ब्यारेकमा खिचिएको हो। आफू जनयुद्धको एक होनहार योद्धा कयौं मोर्चामा सामेल भएकाले त्यही जनयुद्धलाई वास्तविक शब्दमा मेहनतका साथ गीत लेखेको महेश आरोहीले बताउनु भयो।

तत्कालीन नेकपा माओवादी र सरकार पक्ष बिस्तृत शान्तिसम्झौता पछि। माओवादी पटकपटक सरकारमा पुगे पनि। घाइते अपांगलाई उचित मुल्यांकन नगरेको सत्तामा हुदा वास्ता नगर्ने सत्ता बाहिर हुदा आस देखाउने तत्कालीन माओवादी नेताहरुलाई आरोप लाग्ने गरेको छ। नेकपा एमाले र नेकपा माओवादी पाटी एकता भएता पनि अहिले बिभाजनको दिशा तिर लागेको चर्को विवाद उत्पन्न सङ्गै पुर्व जनमुक्ति सेना र कलाकारहरुले युद्ध झल्काउने म्युजिक भिडियो निकालेका हुन।

प्रतिक्रिया दिनुहोस