आजको मौसम

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ३, काठमाडौँ। हाल देशभर पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पश्चिमी वायुको प्रभाव अझै एक–दुई दिन रहने छ । आज देशभरको मौसममा आंशिकदेखि सामान्य बदली हुनेछ । थोरै स्थानमा हल्का वर्षा र केही स्थानहरुमा हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै आज देशका सबैजसो हिमाली भूभागमा हिमपातको सम्भावना रहेको छ पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस रहेको छ ।

प्रतिक्रिया दिनुहोस