छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ३, पोखरा। पोखरामा छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पोखराको बुलौदी र हेम्जा याम्दीमा भएको दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने एक जना गम्भी घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यलय कास्कीका अनुसार लेकसाइडबाट जिरो किलोमिटर तर्फ आउँदै गरेको ग १३ प ३९२५ नम्बरको मोटरसाइकल बुलौदीमा दुर्घटना हुदाँ स्याङ्जा फेदिखोला गाउँपालिका १ मट्टिखानका १९ वर्षीय विवेक क्षेत्रीको मृत्यु भएको छ ।

बुलौदीमा आज राति १ बजे भएको दुर्घटनामा मटिट्टाखानकै २५ वर्षीयय दिवश गुरुङ घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको र अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।  पोखरा २५ याम्दीमा भएको सवारी दुर्घटनामा गम्भिर घाइते भएका स्याङ्जा पुतलीबजार नगरपालिका ९ लामागे घर भई पोखरा ९ नागढुङ्गा बस्ने ४० वर्षका श्रीकृष्ण भण्डारीको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस