प्रदेश सरकारको ३ वर्ष : गरिब-विपन्नलाई पछि, सडकमा अगाडी

Khabar24Nepal Author Logo..
खड्क सुनार पढ्न लाग्ने समय : ३ मिनेट

फागुन ०३ मुगु । कर्णाली प्रदेश सरकारले आफ्नो ३ वर्षको अवधिमा गरिब , विपन्न , असहाय , टुहुरा भन्दा बढि सडकमा जोड दिएको पाईएको छ । सोमवार आफ्नो ३ वर्षको अवधिमा प्रदेश सरकारले गरेको कामको बारेमा यस्तो जानकारी दिएको हो ।

प्रदेश सरकारले ८ किलोमिटर सडक कालोपत्रे गरेको बताएको छ । पूर्वाधार निर्माणतर्फ राजधानी वीरेन्द्रनगरस्थित विभिन्न स्थानमा ८ किलोमिटर सडकमा कालोपत्रे गरेको बताएको हो । सोमबार प्रदेश सरकारको तेस्रो वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको समारोहमा सरकारले हालसम्म गरेका प्रमुख काम सार्वजनिक गर्दै ३ वर्षको अवधिमा ५ वटा पक्की पुल निर्माण भएको बताइएको छ ।

जुम्लाको पातारासि गाउपालिका वडा नं ६ जोड्ने उर्थु पक्की पुल, दानसाँघु पक्की पुल , जिमाली खोला पुल लगायत ५ पक्की पुल निर्माण गरेको बताएको छ । प्रदेशका १० वटा जिल्लामा गरेर ७ सय ८७ दशमलव ८७ किलोमिटर सडक नयाँ ट्रयाक निर्माण, १ सय ६७ किलोमिटर सडक ग्राभेल र १२ वटा झोलुंगेपुल निर्माण गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

जनता आवास कार्यक्रम अन्तर्गत १ हजार ३ सय ३५ अवास निर्माण गरिएको छ भने ४२ हजार ४ सय ५४ थप जनसंख्यामा आधारभूत खानेपानी सेवा उपलब्ध गराएको बताइएको छ । यस्तै, ४ हजार २ सय हेक्टर जमिनमा वर्षैभरि सिंचाइ सुविधा पुर्याएको उल्लेख गरिएको छ । कृषि उत्पादन र बजारीकरणमा सरलता ल्याउन ४ सय ४८ दशमवल १५ किलोमिटर नयाँ कृषि सडक र ५१ दशमलव ३७ किलोमिटर कृषि सडकको मर्मत सुधार गरिएको बताइएको छ । स्वास्थ्यमा पहुँचको सुनिश्चिता र स्तर कायम गर्न कर्णाली प्रदेश अस्पताललाई ३ सय शय्यामा स्तरोन्नति र जिल्ला अस्पताललाई ५० शय्या हुनेगरी पूर्वाधार तथा जनशक्ति व्यवस्थापन गरिएको बताइएको छ ।

प्रतिवेदन कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनी, मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सभामुख राजबहादुर शाहीलगायतले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् । ०७४ फागुन ३ गते प्रदेश सरकारको पहिलो मुख्यमन्त्रीको रुपमा महेन्द्रबहादुर शाहीले पद सम्हालेका थिए भने फागुन ६ र ७ गते मन्त्रिपरिषद्को बिस्तार गरिएको थियो ।

लगानी सम्मेलनको तयारीमा प्रदेश सरकार
सोमबार आयोजना गरिएको समारोहमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले शून्य अवस्थाबाट सुरु भएको प्रदेश सरकारले बिस्तारै विकास निर्माणतर्फ पाईला सार्दे गई रहेको जानकारी दिए ।
कर्णालीमा अब सरकारी क्षेत्र मात्रै नभएर निजी क्षेत्रले पनि लगानी बढाउनुपर्ने भन्दै शाहीले त्यसको लागि तत्कालै लगानी सम्मेलनको आयोजना गर्ने तयारी गरिरहेको बताए ।

नाग्म गमगढी सडक कालेपत्रोमा अलपत्र
२०६९ मा पहिलो पटक विधिगत रुपमा नाग्म गमगढी सडक खण्डमा गाडी गुड्यो । यतिका ८ वर्ष बितिसक्दा पनि हाल सम्म नाग्म गमगढी सडकमा कुनै पनि सुरसार भएको छैन । वर्षामा हिलाम्ये र हिउदमा धुलाम्ये हुने गरेको यो सडक हालको अवस्था पनि उहि छ । नाग्म गमगढीका लागि विनियोजन गरेका लाखौ रकमहरु सम्बिन्ध ठाउमा प्रयोग नभई अन्य ठाउमा प्रयो भईरहेको यहाका स्थानीयको भनाई रहेको छ । नाग्म गमगढी सडकमा न त राम्रो सँग ग्रावेल छ न त राम्रो सँगै कालोपत्रे ।

प्रतिक्रिया दिनुहोस