मुगुमा १ सय भन्दा बढिले लगाए कोभिसिल्डको खोप

Khabar24Nepal Author Logo..
खड्क सुनार पढ्न लाग्ने समय : २ मिनेट

फागुन ०४ मुगु । देशैभर पहिलो चरण अन्तर्गत दोस्रो प्राथमिकतामा रहेका नागरिकलाई कोभिड १९ विरुद्धको खोप लगाइएको छ । लक्षित समूह अन्तर्गत पहिलो चरणको दोस्रो प्राथमिकतामा रहेका नागरिकलाई २ देखि ६ फागुनसम्म खोप अभियान सञ्चालन भई रहेको छ ।

मुगुमा पनि कोभिड १९ विरुद्धको खोप अभियान सञ्चालन भईरहेको जिल्ला अस्पताल मुगुले जानकारी दिएको छ । जिल्ला भरबाट पहिलो प्राथमिकतामा रहेका लाई आज १ सय २० जना लाई कोरोना विरुद्धको कोभिसिल्ड खोप लगाईएको छ । सोरु गाउपालिकाको सोरुकोटमा ४० र जिल्ला अस्पतालमा ८० गरि मात्र १ सय २० जना लाई खोप लगाईएको जिल्ला अस्पताल मुगुका निमित्त कार्यालय प्रमुख ज्ञान सिहं बुढाले जानकारी दिए । उनका अनुसार सोमवार लगाईएका खोपमा यहाका सुरक्षाकर्मी , नगरपालिकाका कर्मचारी लगायत अन्य नागरिक लाई पनि खोप लगाईएको बताए ।

जिल्लाका चार वटै स्थानीय तहका ठाउँमा खोप केन्द्र स्थापना गरी कोभिड(१९ विरुद्धको खोप अभियान सञ्चालन गरिएको छ । निमित्त कार्यालय प्रमुख बुढाका अनुसार जिल्ला अस्पताल ठिनि , छाईल , पुलु , सोरुकोट , र खत्याडका स्वास्थ्य चौकि बाट ओप अभियान सञ्चालन गरिएको छ । साथै फागुन ४ गते मुगुम कार्मारोगं गाउपालिकाको छाईल र ५ गते पुलुमा खोप सञ्चालन गरिने पनि अवगत गराए ।

पत्रकारले लगाउन दिए नागरिकलाई
कोरोना भाइरस कोभिड १९ बारे अग्रपंक्तिमा रहेर समाचार संकलन गर्ने मुगु जिल्लामा कार्यरत पत्रकारलाई नेपाल सरकारले सम्झेर दोर्सो चरणमा खोप लगाउने अवसर दिएकोमा नेपाल सरकार प्रती आभार व्यक्त गर्दे, फण्टलाइनमा हामी खटिए पनि हामी भन्दा उच्च जोखिममा जेष्ठ नागरिक, बालबालिका, महिला तथा ज्यालादारीमा जीवन निर्वाह गर्ने नागरिकहरु रहेकाले सरकारले हामी पत्रकार भन्दा जोखिममा रहेका ती समुहलाइ कोरोना विरुद्धको खोप लगाउन स्थान देओस भन्दै सबै पत्रकारहरुको सल्लाहमा २०७७ फाल्गुन ३ गते जिल्ला अस्पताल मुगुमा पत्रकारहरुलाइ लगाइने कोरोना विरुद्धको खोप नलगाउने निर्णय गरिएको नेपाल पत्रकार महासंघ मुगु शाखाका अध्यक्ष नृपेन्द्र बहादुर मल्लले जानकारी गराए ।

खत्याड गाउपालिकामा ६० डोज
जिल्लाको दक्षिणी भेगमा पर्ने खत्याड गाउपालिकाको लागि ६० डोज खोप प्राप्त भएको स्वास्थ्य शाखाका हरि बुढाले बताए । उनका अनुसार गाउपालिकाको लागि यति मात्र डोज आयो यति थोरै खोपले गाउपालिका लाई अपुग भएको र यदि जिल्ला अस्पताल पुन दोश्रो चरणमा वितरण गर्यो भने बाँकि रहेका लाई खोप लगाईने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस