कार्यालय सहयोगिले चलाउछन भन्सार कार्यालय, सम्बिन्धत निकाय मौन

Khabar24Nepal Author Logo..
खड्क सुनार पढ्न लाग्ने समय : २ मिनेट

फागुन ४, मुगु । मुग हिमाली जिल्ला मुगुमा रहेको एक कार्यालय सहयोगिको भरमा सञ्चालन हुदै आएको पाईएको छ । जिल्लामा रहेको एक मात्र अन्तरदेशीय नाका नाक्चेलाग्ना भन्सार २ वर्षदेखि कार्यालय सहयोगीको भरमा सन्चालन हुदै आइरहेको हो । मुगु जिल्लाको पुर्वी नाका नाक्चेलाग्ना भन्सार कार्यालयमा कर्मचारीहरु नियमित कार्यालयमा नबस्नाले २ बर्षयता २ जना कार्यालय सहयोगीहरुको जिम्मामा मात्रै सन्चालन हुदै आईरहेको बताईएको छ ।

उक्त कार्यालयमा दरबन्दि अनुसारका नायव सुवा र खरिदार नहुँदा जिल्लामा बस्दै आइरहेका २ जना कार्यालय सहयोगीले कार्यालय चलाइरहेको कोष तथा लेखा नियन्त्रण कार्यालय मुगुले जनाएको छ । कार्यालयका अनुसार भन्सार कार्यालय जस्तो सरकारको लक्ष्य अनुसार राजश्व नउठाउनु मुगु भान्सार कार्यालयबाट राजश्व गत वर्ष र यो वर्ष शुन्य रहेको कोष तथा लेखा नियन्त्रण कार्यालय मुगुका कार्यालय प्रमुख लक्ष्मी चन्द्र हमालले बताए । उनले भने हाल यो कार्यालय आफु मार्फत सञ्चालन भईरहेको जानकारी गराए । भन्सार कार्यालयमा वर्षको एक पटक सिमानाकामा हाट बजार लाग्ने गथ्र्यो अहिले आएर पछिल्लो समय हाट बजार लाग्न छोडेपछि यस्तो अवस्था रहेको हमालको भनाई रहेको छ ।

दुई ठाउमा कार्यालय स्थापना 
जिल्लामा दुई वटा भन्सार कार्यालयको स्थापना भएको छ । भन्सार कार्यालय सञ्चालनको लागी सिमा नाकामा रहेको मुगु गाँउमा रहेको एक व्यक्तिगत घरमा रहेको छ , भने अर्को सदरमुकाम गमगढी बजारमा रही दुई घरको भाडा लिई नियमित रुपमा घर बहालवाला भाडा तिरिरहेको बताईएको छ ।

अत्तो पत्तो छैन भन्सार कार्यालय

यहाका कतिपय स्थानीय लाई भन्सार कार्यालय कहाँ छ कस्तो छ के गर्छ भनेर पनि कसैलाई अत्तो पत्तो पनि छैन । यहाका स्थानीय बाट जानकारी लिन खोज्दा हामि लाई यसको बारेमा केही पनि थाहा छैन , नाम मात्र सुनेका छौ यसको कार्यालय कहाँ छ , केही पनि अवगत नभएको नागरिक समाज मुगुका अध्यक्ष रुप बहादुर मल्लले बताए ।

प्रतिक्रिया दिनुहोस