फागुन ५, एजेन्सी। यूईएफए च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा इंग्लिस क्लब लिभरपुलले जर्मन क्लब आरबी लाइपजिगलाई हराएको छ ।
लिभरपुलले लाइपजिगलाई घरेलु मैदानमा २–० ले हराएको हो । लिभरपुलका मोहमद सलाह र साडियो मानेले गोल गरे । लिभरपुलका लागि खेलको ५३ औं मिनेटमा सलाह र ५८ औं मिनेटमा मानेले गोल गरेका थिए ।
प्रतिक्रिया दिनुहोस