कारागार कार्यालयको भवन मुगु : थुनुवा जुम्ला

Khabar24Nepal Author Logo..
खड्क सुनार पढ्न लाग्ने समय : ३ मिनेट

फागुन ५, मुगु । मुगु हिमाली जिल्ला मुगुमा कारागारको भवन हुदा पनि यहाका थुनुवा कैदीहरु लाई छिमेकि जिल्ला जुम्ला स्थान्तरण गर्ने गरिएको छ । भवन कार्य निर्माण सम्पन्न भईसक्दा पनि शहरी तथा भवन डिभिजन कार्यालय जुम्लाले कारागार कार्यालय मुगु लाई हस्तान्तरण हाल सम्म नगर्दा यहाका कैदीहरु लाई जुम्ला स्थान्तरण गरिएको हो ।

कारागार कार्यालय मुगुका अनुसार कार्यालय सञ्चालन भवन , महिला बन्दि गृह , ब्यारेक भवन , २०७० मंसिर १ गते भवन निर्माण गर्ने सम्झौता भई २०७२ मंसिर ३० गते बाट कार्य गर्न सम्पन्न गर्ने सम्झौता अनुसार काम सम्पन्न भई शहरी डिभिजन भवन कार्यालय लाई बुझाई सकिएको भवनहरु सो कार्यालयले जिल्ला कारागार मुगु लाई हस्तान्तरण नहुदा कार्यालय प्रयोजन नहुदा मुगु जिल्लामा विभिन्न प्रक्रितीका घटनामा संलग्न रहेका व्यक्तिहरु लाई पुर्व पक्ष तथा जेल चलानीको लागि जुम्ला , बर्दिया , दैलेख र अन्य जिल्लाका कारागारमा चलान गरिएको कारागार मुगुले जनाएको छ ।

आशिष कन्ट्रन्सन गाँडेखोला डडेल्धुरा ३ कम्पनिले सो भवन निर्माणको लागि ३ करोड ५० लाख , ३६ हजार ६ सय २८ रकमको ठेक्का लिई सम्झौता अनुसार काम गरि शहरी भवन डिभिजन कार्यालय जुम्ला लाई हस्तान्तरण गरि सकिएको कम्पनिका मुगु स्थित प्रतिनिधि कर्ण बहादुर रावलले बताए । भवन निर्माण कार्य सम्पन्न भई सक्दा पनि हाल सम्म हस्तान्तरण नहुदा कार्यालय एक ठाउ बाट अर्को ठाउ सम्म सार्न नसकिएको कारागार कार्यालय मुगुका कार्यालय प्रमुख दत्त लामाले बताए । लामाका अनुसार भवन निर्माण भईसकेको र यहाका कैदि बन्दिहरुलाई राख्न भवन डिभिजन कार्यालय जुम्ला लाई बारम्वार ताकेता गर्दा पनि कुनै प्रकारको सुनुवाई नभएको कार्यालय प्रमुख लामाको बताए ।

कैदी स्थान्तरण गर्नमा राज्यको कोष स्वाहा 
कारागार कार्यालय मुगुले दिएको जानकारी अनुसार यहाँ बाट जुम्ला सम्म कैदी लाई स्थान्तरण गर्दा एक ब्यक्ति लाई ८५ हजार देखि १ लाख सम्म रकम पर्ने हुदा र यति मात्र नभई राज्यको कोष पनि स्वाहा हुने कार्यालयले जनाएको छ । मुगु बाट कैदी लाई जुम्ला सम्म लिदा खाना , बस्न , नास्ता पानी , सुरक्षाकर्मीहरु लगायत अन्यको आवश्यकता पर्ने हुनाले सो रकम खर्च लाग्ने कार्यालय प्रमुख दत्त लामाको भनाई रहेको छ । उनले भने निर्माण सम्पन्न भएको भवन लाई कारागार कार्यालय मुगु लाई हस्तान्तरण गरि दिएको भए राज्यको यति ठुलो रकम खर्च नहुने उनको भनाई रहेको छ । साथै उनले थपे कारागार कार्यालय लाई भवन हस्तान्तारण गरि घेरवारको व्यवस्था गरिदिएको भए राज्यको कोष बच्ने बताएका छन् ।

८ वर्षमा ९९ कैदी , महिला ७
आर्थिक वर्ष २०७० देखि हाल सम्म कारागार मुगुको तथ्यांक अनुसार विभिन्न प्रकृतिका कैदीबन्दिहरु लाई कारगार कार्यालय मुगुमा कैदीबन्दि गृह नहुदा ७ जना महिला र ९२ जना पुरुष गरि जम्मा ९९ जना लाई जुम्ला लगायत अन्य जिल्लाका कारागारहरुमा चलानी स्थान्तरण गरिएको छ । शहरी तथा भवन डिभिजन कार्यालय जुम्लाले कारागार शाखा कार्यालय मुगुको लागि महिला बन्दिगृह , सुरक्षा भवन , र कार्यालय प्रयोजनको लागि भवन निर्माण भईसकेको छ । र अन्य कार्यालय घेरवार सुरक्षा चेक पोष्टको लागि बजेट अभाव तथा निर्माण नभएको र बनिसेको भवन पनि कार्यालय लाई हस्तानतरण नभएको हुदा थप व्यवस्थापनको लागि सरोकार निकायमा पत्राचार गरिएको हाल निर्माण भएका भवनहरु प्रारम्भिक आईसोलेसन कोभिड १९ रोकथाम तथा नियन्त्रणको लागि प्रयोजनमा ल्याईएको प्रमुख जिल्ला अधिकारी चन्द्र बहादुर शिवाकोटिले बताए ।

कैदि बन्दि गृह जिल्लामै सञ्चालनमा आई दिएको भए कैदीबन्दिहरुका आफन्तहरु लाई सहजै रुपमा भेटघाट गर्न सकिने र खर्च पनि कम हुने भएको हुदा सम्बनिधत सरोकारवाला निकायहरुले छिटो छिटो जिल्लामै सञ्चालन गर्न नागरिक समाज मुगुका अध्यक्ष रुप बहादुर मल्ले बताए ।

प्रतिक्रिया दिनुहोस