म्यानमारमा गोली लागेको प्रदर्शनकारीको मृत्यु

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ७, एजेन्सी। म्यानमार सेनाले कूमार्फत् सत्ता हत्याएपछि भएको प्रदर्शनमा सहभागी एक जना महिलाको सुरक्षाकर्मीको गोलीबाट मृत्यु भएको छ । समाचार संस्था एएफपीका अनुसार २० वर्षीया ती महिलाको उपचारका क्रममा शुक्रबार मृत्यु भएको अस्पतालले जनाएको छ ।

फेब्रुअरी १ मा सेनाले सत्ता लिएपछि प्रदर्शनकारीको मृत्यु भएको यो पहिलो पटक हो। ती महिलालाई अघिल्लो साता प्रदर्शनका क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेको थियो । जननिर्वाचित सरकारलाई अपदस्त गरेर सेनाले सत्ता हत्याएपछि म्यानमारमा अचेल दिनदिनैजसो प्रदर्शनहरू भइरहेका छन्। गत नोभेम्बरमा भएको चुनावमा धाँधली भएको भन्दै सेनाले नेशनल लिग फर डेमोक्रेसीको सरकार हटाएर सत्ता आफ्नो हातमा लिएको हो ।

प्रतिक्रिया दिनुहोस