चन्द्रागिरीमा मेयर कप २०७७ हुदैं

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ७, काठमाडौं । खेलकुदलाई जीवनको अभिन्न अंग बनाऔं, स्वास्थ्य र समृद्ध जीवनयापन गरौं भन्ने नाराका साथ चन्द्रागिरि विकास मञ्चद्वारा आयोजनामा चन्द्रागिरि मेयर कप २०७७ हुने भएके छ । खेल फागुन २६ गते देखि २९ गते सम्म चन्द्रागिरि नगरपालिका वडा नं. ७ स्थित महाँकाल बहुउद्देश्यिय कर्भडहलमा हुन लागेको हो ।

चन्द्रागिरी ७ का समाजसेवी सुरेन्द्र थापाका अनुसार नेपाल व्याड्मिन्टन संघको र्‍याङकिङ्गको आधारमा छनौट टप २० औं बाहेक खुल्ला (डबल्स), चन्द्रागिरि नगर स्तरिय खुल्ला (डवल्स) र चन्द्रागिरि नगर स्तरिय महिला खुल्ला (डवल्स) अन्तरगत प्रतियोगिता हुनेछ । फागुन २३४ गते सम्म टिम दर्ता गरिसक्नु पर्नेछ । टिम दर्ताका लागि खुल्ला र नगर स्तरिय प्रतियोगिताका लागि २००० र महिलाका लागि १००० तोकिएको छ ।

आयोजका अनुसार खुल्ला र नगरस्तरिय बिजेताहरुलाई प्रथम पुरस्कार ३०,०००, द्वितीय पुरस्कार २०,०००, तृतीय पुरस्कार ५०००- ५,००० र ट्रफि, मेडल र प्रमाण-पत्र एवम महिला तर्फ प्रथम पुरस्कार १०,०००, द्वितीय पुरस्कार ७,०००, तृतीय पुरस्कार ३,०००-३,००० र ट्रफि, मेडल र प्रमाण-पत्र पुरस्कार रासि तोकिएको छ ।

आयोजकले थप जानकारीको लागि दिल्लीराज अवस्थी ४८५१०६०६६४ प्रेम महर्जन ४८५११०४१६८ विनोद थापा ४८४१३३४०१२ जोम लाल श्रेष्ठ ५८५१०६४६५१, निर्मला महत ५८०३५३१३४०, लक्ष्मी थापा ५८४१४६२७४ लाई सम्पर्क गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस