फागुन ७, काठमाडौं । सरकारले प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेको छ । मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम प्रदेश प्रमुख परियारलाई पदमुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस