भागरथीको शव दाहसंस्कारका लागि महाकाली लगियो

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फाल्गुन ७, बैतडी । हत्या भएको १७ दिनपछि परिवारले भागरथीको शव बुझेर दाहसंस्कारका लागि महाकाली नदीमा लगेर गएका छन् । उनको जिल्ला अस्पतालबाट शव बाहिर निकालेर बैतडी सदरकमुकाम गोठालापानीबाट सेरासम्म शवयात्रा सुरु भएर महाकाली नदीको शेरामा अन्तिम दाहसंस्कार हुन लागेको हो ।

परिवारका सदस्यले भागरथीको शव शुक्रबार १ः ३० बजे जिल्ला अस्पताल बैतडीको शव गृहबाट काठको बाकसमा राखिएको शव गाडीमा राखेरेर दशरथचन्द नगरपालिका–६, शेरा नजिक महाकाली नदीमा दाहसंस्कारका लागि लगेर गएका हुन ।

बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्ट माघ २१ गते विद्याबाट घर फर्किदा बेपत्ता भएकी थिइन् । उनको भोली पल्ट २२ गते गाउँ नजिकैको लडालेक जङ्गलमा शव फेला परेको थियो । बैतडी प्रहरीले फागुन ५ गते बुधबार हत्या आरोपमा चडेपानीकै दिनेश भट्टलाई अभियुक्तका रुपमा सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया दिनुहोस