मोटरसाइकल चालकको मृत्यु

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ७, सप्तरी । सप्तरीमा मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मोटरसाइकल दुर्घटनामा चालक खडक नगरपालिका वडा नम्बर ९ लालपट्टी टोलका ३१ वर्षीय मोहम्मद लियाकतको मृत्यु भएको हो ।

सप्तरी प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहका अनुसार दुर्घटनामा गम्भीर घाइते उनको बोदेबरसाइन स्थित जीवन दीप अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । स ११ प ४६४३ नम्बरको मोटरसाइकल चलाएर जिल्लाको बोदेबरसाईन नगरपालिका वडा नम्बर ७ हैठीस्थित भित्री सडक खण्डमा बरसाईनबाट देउरीतर्फ जाँदै गरेको अवस्थामा आफैँ अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । बिहीबार साँझ दुर्घटना लगतै उपचारको लागि अस्पताल पुर्‍याएको १५ मिनेटपछि अस्पतालले मृत घोषित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस