राष्ट्रिय महिला लिग फुटबलको उपाधि एपीएफलाई

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फाल्गुण ०७, काठमाण्डौ । राष्ट्रिय महिला लिग फुटबलमा एपीएफले अपराजित रहँदै उपाधि जितेको छ । शुक्रवार भएको लिगको अन्तिम खेलमा त्रिभुवन आर्मीलाई तीन–शून्यले हराएर एपीएफ च्याम्पियन बनेको हो ।

एपीएफले लिगमा १० अङ्कको अग्रता सहित उपाधि हात पारेको हो । एपीएफले १२ खेलमा ३६ अङ्क जोड्दा १२ खेलमा २६ अङ्क जोडेको आर्मी उपविजेता बनेको छ । यसअघि शुक्रवार बिहान ललितपुरको सात दोबाटोमा रहेको एन्फा मैदानमा भएको खेलमा पुलिसले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई दश–शून्यले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस