ट्रक र स्कुटर दुर्घटना , दुई जनाको मृत्यु

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

 

फागुन ९, विराटनगर । मोरङको उर्लाबारीमा ट्रकले स्कुटरलाई ठक्कर दिएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

शनिबार राति उर्लाबारी नगरपालिका–४ भद्रमारी चोकमा पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ क १०३५ नम्बरको ट्रकसँग विपरीत दिशाबाट आउँदै गरेको को ३१ प ५१ नम्बरको स्कुटर ठक्कर दिँदा दुर्घटना भएको हो ।उक्त दुर्घटनामा स्कुटरमा सवार उर्लाबारी–८ सिसौलीका २३ वर्षीय प्रदीप धामी र २२ वर्षीय सुदीप भुजेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुवै जनाको उपचारका क्रममा राति ८ः१५ बजेतिर मृत्यु भएको हो ।
ट्रकचालक झापाको कमल गाउँपालिका–६ का ४३ वर्षीय भक्तबहादुर दाहाललाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस