फागुन ९ ,जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिका स्थित नमस्कार होटेलमा एक महिला मृत अवस्थामा फेला परेकी छन् ।धनुषाका प्रहरीका अनुसार दुई दिनयता होटेलको कोठा नम्बर ११३ मा झुण्डिएको अवस्थामा शनिबार राति अन्दाजी ३५ वर्षीया महिला मृत फेला परेको हो ।
मृत फेला पर्ने महिला महोत्तरी सदरमुकाम जलेश्वर नगरपालिका बस्ने समीक्षा पोखरेल पाण्डे रहेको प्रहरीले जनाएको छ । उनी दुई दिनअघि आफ्ना श्रीमानविरुद्व जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिन पुगेकी थिइन् ।उजुरी दिएर उनी होटेलमै बसेको अवस्थामा मृत फेला परेकी हुन् । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस