स्पेनिस ला लिगामा एट्लेटिको मड्रिड लेभान्टेसँग पराजित

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

काठमाडौँ, ९ फागुन । स्पेनिस ला लिगामा एट्लेटिको मड्रिडलाई लेभान्टेले पराजित गरेको छ ।आठौं स्थानमा रहेको लेभान्टेले शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रिडलाई १ गोल अन्तरले पराजित गरेको हो ।

जितसँगै लेभान्टेको ३१ अङ्क भएको छ । शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रिडको ५५ अङ्क रहेको छ । यस्तै गएराति नै भएको अर्को खेलमा दोस्रो स्थानमा रहेको रियल मड्रिडले रियल भालाडोलिडालाई पराजित गर्दै अङ्क सुधार गरेको छ । २१ अङ्कसहित १९ स्थानमा रहेको रियल भालाडोलिडालाई १ गोलले पराजित गर्दै रियल मड्रिडले दोस्रो स्थान कायम गर्दै ५२ अङ्क बनाएको हो ।

प्रतिक्रिया दिनुहोस