चितुवाको छालासहित एक जना पक्राउ

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ९, बझाङ । बुङ्गल नगरपालिका मसनिसेरा भन्ने स्थानबाट चितुवाको १ थान छालासहित ४० वर्षीय रधुबीर बोहरालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
चितुवाको छाला बोकी हिँडिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बझाङ र ईलाका प्रहरी कार्यालय बुङ्गलबाट खटिएको प्रहरीले उनलाई उक्त छाला सहित फेला पारी पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस