चालकले सडक अनुशासन पालना गरे दुर्घटनामा कमि हुन्छ : एसपी बिक

Khabar24Nepal Author Logo..
सागर थापा पढ्न लाग्ने समय : ३ मिनेट

फागुन १०, दाङ । लुम्बिनी प्रदेशको ट्राफिक प्रमुख एसपी डम्मर बहादुर बिकले सेवाको भावनासहित नेपाल प्रहरी जस्तो राष्ट्रको गरिमा बोकेको प्रहरी संगठनमा आवद्ध उनी एक निष्ठावान प्रहरी कर्मचारी हुन् । इमान्दारीता र पारदर्शीतालाई शिरमा राखेर देशको हितमा काम गर्ने प्रणसहित प्रहरी जिवन सुरु गरेका उनी आफ्नो कार्यक्षेत्र र खटाइएको काममा कहिले पनि हेलचेक्याईं गर्दैनन् । संगठन चुस्त बनाउन सबै तह र तप्ताको उत्तिकै महत्वपूर्ण मूमिका रहन्छ र सबै मिलेर अघि बढ्ने हो भने देशको शिर सधै उचो रहन्छ भन्ने मायन्ता बोक्ने कोइराला अहिले लुम्बिनी प्रदेश ट्राफिक प्रहरी प्रमुखको भूमिकामा बुटवलमा कार्यरत छन् ।

अहिले समग्र लुम्बिनी प्रदेश ट्राफिक प्रहरीको जिम्मा सम्हालेका एसपी बिकसँग खबर 24 नेपाल डटकमले समग्र लुम्बिनी प्रदेशको ट्राफिक व्यवस्थापन ९ महिने कार्यकालमा गरेका उपलब्धि र कठिनाईसँग सम्बन्धित रहेर कुराकानीको संक्षिप्त अंश ।

प्र १. पछिल्लो लुम्बिनी प्रदेशको ट्राफिक व्यवस्थापन कस्तो छ ?
म आएको झण्डै ९ महिना पूरा भएको छ । विशेष गरी यो समयमा दुर्घटनामा ज्यान गुमाउने संख्या विगतमा भन्दा ज्यादै न्यून संख्यामा भएका छन् भने, ट्राफिक परिचालनको कुरा हेर्दा थप चुस्तता थपिएको छ । समग्र लुम्बिनी प्रदेशको ट्राफिक व्यवस्थापन आफैमा चुनौतीपूर्ण छ र यसका लागि म र मेरो मातहतका सम्पूर्ण ट्राफिक प्रहरी कर्मचारी साथिहरु लागि पर्नुभएको छ जसका कारण यो सफलता मिलेको छ र अझ धेरै कामहरु गर्न बाँकी छ र त्यसका लागि हामी योजनावद्ध रुपमा अगाडी बढेका छौं ।

प्र २. तपाई आइसकेपछि के–के परिवर्तन गर्नुभयो ?
मैले यो प्रदेशको ट्राफिक प्रमुखको पद सम्हालेपछि पहिलो प्रथमिकतामा व्यवस्थापकिय क्षमता बढाउँदै समग्र सडक सुरक्षा र दुर्घटना न्यूकणका लागि अवलम्बन गर्नेसक्ने योजना नै हो । योजना विनाका कामहरु असफल हुने हुँदा यसमा पहिलो प्राथमिकता राह्यो । अनि बढी दुर्घटना र संवेदनशिल क्षेत्रको निक्यौल गरि त्यसका थप व्यवस्थापनमा समेत जोड दिदै, चेक प्वाइटहरु थप्ने, त्यसलाई व्यवस्थापन गर्ने पार्किङ्गको संख्या बढाउने काम भएको र जसका गर्दा सडकमा यत्रतत्र पार्किङ्ग गर्ने काम ज्यादै न्यून भएको छ भने थप चेक प्वाइटको स्थापना र आधुनिक प्रविधिमार्फत सडक सुरक्षालाई थप मजवुद बनाउने पक्षमा लागिपरेका छौं । यसका साथै सडकमा ट्राफिक व्यवस्थापनमा खटिने प्रहरी कर्मचारीहरुलाई आर्थिक प्रलोभनमा पार्ने खोजेको तर त्यो अस्विकार गर्ने केही ट्राफिक प्रहरी कर्मचारीका पुरस्कृत गर्नुका साथै आचरण र लेनदेनमा सहभागी हुने केही कर्मचारीलाई विभागिय कारवाही पनि गरेको छौं ।

प्र ३. राजश्व संकलनमा ट्राफिक प्रहरीतर्फ लुम्बिनी अग्र स्थानमा देखियो । कसरी सम्भव भयो ?
यसको सफलता भनेको सम्पूर्ण ट्राफिक प्रहरीहरुको सक्रियता र इमान्दारीता नै प्रमुख कारण हो । अर्को पाटोमा हेर्ने हो भने यसका लागि हामीले जुन किसिमका अभियानहरु चलाएका छौं त्यसको पनि परिणमको विषय हो ।

प्र.४ दूर्घटना न्यूनिकरणमा चुनौतीहरु के–के छन् ?
चुनौतीको कुरा गर्दा पछिल्लो समय जसरी सवारी साधनको संख्या उल्लख्य रुपमा बढेको त्यो अनुरुप जनशक्ति व्यवस्थान हुन सकेको छैन जसले गर्दा अत्याधुनिक चेक प्वाइटको व्यस्थापन गर्नुपर्ने छ, वसपार्क र पाकिङ्ग क्षेत्रलाई बढाउनुपर्ने छ , ओभरहेड, अण्डरपास, ज्रेवा क्रसिङ ठाउँ–ठाउँमा ट्राफिक डमि बिस्तार गर्दै लैजानुपर्ने देखिएको छ । प्रविधिको उच्चतम प्रयोग गर्न त्यसको पूर्ति गर्नुका साथै ट्राफि प्रहरीभित्र पनि अझै सुद्धिकरण आवश्यकता रहेको छ।

प्रतिक्रिया दिनुहोस