फाल्गुन १०, गोरखा । गोरखामा एकै परिवारका तीन जना मृत फेला परेका छन् । सुलिकोट गाउँपालिका १ स्थित वारपाकमा घरभित्र तीन जना मृत अवस्थामा फेला परेका हुन् ।
प्रहरीका अनुसार घरभित्र ८४ वर्षीय तिलबहादुर गुरुङ, १२ वर्षीया उषा गुरुङ र २१ वर्षीया आइतकुमारी गुरुङ मृत फेला परेका हुन् । बेलुका सुतेका उनीहरू बिहान अबेरसम्म नउठेपछि छिमेकीहरूले घरमा हेरेका थिए । बिहान घरमा मृत देखेपछि छिमेकी तथा आफन्तले प्रहरीलाई खबर गरेका थिए । उनीहरूको मुखबाट फिँज आएको छ ।
इलाका प्रहरी कार्यालय जौवारिबाट प्रहरी निरीक्षकको टोलीद्वारा घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस