मेलम्चीको पानी सुरुङमा पठाइयो

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १०, काठमाडौं । मेलम्ची खाने पानीको साढे २६ किलोमिटर सुरुङमा सोमबार पानी भरेर परीक्षण सुरु गरिएको छ । गत असारमा यो सुरुङमा पानी भनेर परीक्षण गर्दा फुटेपछि मर्मत गरेर पुन सोमबार पानी छाडिएको हो ।

खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले काम पूरा गरेसँगै सोमबार पानी हालेर परीक्षण गरिएको हो । मेलम्ची खानेपानी आयोजनाको सुरुङको परीक्षणमा खानेपानी मन्त्री मणिचन्द्र थापा, विघटित प्रतिनिधिसभा सदस्य शेरबहादुर तामाङलगायतका पदाधिकारीहरू आयोजनास्थल मेलम्चीमा पुगेर परीक्षण सुरु गरेका हुन् ।

सिन्धुपाल्चोकको मेलम्ची खोलादेखि काठमाडौँको सुन्दरीजलसम्मको साढे २६ किलोमिटर सुरुङ भर्न १६ दिन लाग्नेछ । आगामी वैशाखदेखि काठमाडौं उपत्यकावासीले मेलम्चीको पानी पिउन पाउने छन ।

प्रतिक्रिया दिनुहोस