देशभर १२५ कोरोना सङ्क्रमित थपिए

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फाल्गुन १०, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोनाभाइरसका १२५ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै कुल सङ्क्रमितको संख्या दुई लाख ७३ हजार ५५६ पुगेको छ ।

पछिल्लो चौबीस घण्टामा तीन हजार ६८१ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । यस्तै पछिल्लो चौबीस घण्टामा ९० जना सङ्क्रमित निको भएको जनाएको छ । हालसम्म दुई लाख ६९ हजार ९६६ जना कोरोनामुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस