आजको मौसम

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ११, काठमाडौँ । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशका केही पहाडी भू-भागमा आंशिक बदली रहि अन्य भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ ।

आज सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत अन्य पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक देखि सामान्य बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको संभावना रहेको छ। प्रदेश १, गण्डकी र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका एक –दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

काठमाडौँको आज बिहानको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस रहेको छ । दिउँसो २२–२४ डिग्री सेल्सियस पुग्ने छ । विहान सामान्य हुस्सु देखिए पनि दिउँसो मौसम सफा रहने र साँझ बदली हुने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस