सिरहामा अपहरण संलन दुई जना पक्राउ

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ११, सिरहा। आफ्नै दुई वर्षीय भतिजलाई अपहरण गर्ने काकासहित दुई जनालाई पक्राउ गरी सिरहा प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार सिरहा नगरपालिका वडा नं. १ डुम्बाखाताका कुलदिप यादव र वडा नं. १५ सुखचैनाका २३ वर्षीय भरोसी यादवलाई पक्राउ गरेको हो ।

गत माघ २० गते सिरहाको सिरहा नगरपालिका वडा नं. १ डुम्बाखाताका प्रदीप यादवका दुई वर्षीय छोरा प्रियान्सु यादव घरबाट बेपत्ता भएका थिए । बालक घरबाटै बेपत्ता भएको सूचना प्रहरीमा दिएपछि नेपाल प्रहरीले इन्डियन काउन्टर पार्ट्ससँगको समन्वयमा भारतको खाजेडिह भन्ने स्थानबाट माघ २२ गते उद्दार गरेको थियो ।

अनुसन्धानको क्रममा उक्त अपहरणमा बालककै काका संलग्नता देखिएको र उनकै योजना अनुसार भरोसी यादवले बच्चा उठाई भारतको पचहर भन्ने स्थानमा लगि राखेका थिए । प्रहरीले दुवै जनालाई पक्राउ गरी आइतबार जिल्ला अदालत सिरहाबाट अपहरण तथा शरीर बन्धक मुद्दामा ७ दिनको म्याद थप गरी थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस