कञ्चनपुरमा श्रीमातीदवा्रा श्रीमानको हत्या

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ११, कञ्चनपुर। कञ्चनपुरको बेलौरी नगरपालिका-६ भुरकोटकी एक महिलाले फरुवा प्रहार गरी श्रीमानको हत्या गरेकी छन् । प्रहरीका अनुसार आज बिहान २८ वर्षीया वसन्ती चौधरीले ३० वर्षीय श्रीमान् ओमकुमार चौधरीको फरुवा प्रहार गरी हत्या गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले घरायसी विवादमा वसन्तीले फरुवा प्रहार गरेको बुझिएको जानकारी दिए । फरुवा प्रहार गर्ने वसन्तीलाई नियन्त्रणमा लिइएको छ । टाउकोमा चोट लागेको अवस्थामा शव घरभित्रै फेला परेको छ ।

 घरायसी विवादमा बुहारी र नातिले कुटपिट गर्दा घाइते भएका कञ्चनपुरको भीमदत्त नगरपालिका-२ का ७६ वषर्ीय प्रेम थापाको उपचारका क्रममा मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस