सिरहामा बस दुर्घटना हुँदा १३ जना घाइते

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ११ सिरहा। सिरहाको कर्जन्हा नगरपालिका४ बस्तिपुरमा बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।
सिरहा प्रहरीका अनुसार बिग्रिएर सडकमा रोकीराखेको ना ६ ख ११ १० नम्बरको ट्रकमा लहानबाट ढल्केबरतर्फ आउँदै गरेको ना ५ ख ८९८ नम्बरको बस गएराति पौने १२ बजे ठोक्किएर दुर्घटना हुँदा १३ जना घाइते भएको हो ।

घाइतेहरुको फुलकुमारी महतो मेमोरियल अस्पताल कर्जन्हामा उपचार भइरहेको छ । ट्रक चालक फरार रहेकाले खोजी भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस