बाँकेमा  जीपले ठक्कर दिँदा एकको मृत्यु

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ११, बाँके। दाङको तुलसीपुरमा जीपले अटोलाई ठक्कर दिँदा अटो चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । प्रहरीका अनुसार जीपको ठक्करबाट गम्भीर घाइते भएका शान्तिनगर गाउँपालिका-१ पेदीखोलाका ३० वर्षीय रमेश विकको हिजोराति बाँकेको कोहलपुरमा मृत्यु भएको हो ।

तुलसीपुरबाट पश्चिमतर्फ जाँदै गरेको रा १ ह ४३३६ नम्बरको अटो र पश्चिमबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ ज ५०८ नम्बरको जीप तुलसीपुर उपमहानगरपालिका-८ दुघेनामा ठोक्किएर दुर्घटनामा भएको हो। दुर्घटनामा घाइते भएकामध्ये अटोमा रहेका शान्तिनगर १ की  रुपा वली,  छोरी पुष्पा वली र शारदा केसीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरु तीनै जनालाई थप उपचारको लागि कोहलपुरमा रेफर गरिएको छ । अटोमै रहेका अन्य दुई जना घाइतेको अवस्था सामान्य रहेको र उनीहरुको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस