अन्तरास्ट्रिय रोल्पाली सेवा समाजको क्षेत्रीय बैठक साउदी अरबको जुबैलमा सम्पन

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : २ मिनेट

फागुन १९ । अन्तरास्ट्रिय रोल्पाली सेवासमाजको क्षेत्रीय समिती जुबैलको मासिक सातौ बैठक साउदी अरबको जुबैल अन्नपूर्ण होटेलमा शुक्रबार सम्पन भएको छ ।

रोल्पामा यहि फाल्गुन २५ गते  हुन गहिरहेको अन्तरास्ट्रिय रोल्पाली सेवासमाजको महाधिबेसनको बारेमा छलफल भएको थियो । सोहि कार्यक्रममा रोल्पाली अन्तर्राष्ट्रिय सेवासमाज क्षेत्रीय समिती जुबैलका सदस्यहरुलाई टिसर्ट बितरण गरिनुको साथै परिचयपत्र समेत बितरण गरिएको थियो । कार्यक्रममा साउदी मा कार्यरत विभिन्न जिल्लाका नेपालीहरुको उपस्थिति रहेको थियो ।

बैठकमा गंगादेब गाउपालिका ३ कि क्यान्सर पिडित  प्रतीक्षा बि.क माडि गाउपालिका वाड न १ कि रेशमा बुढामगर जो पिदिखोला झोलुंगे पुलबाट खसेकी थिइन । दुबै रोल्पाली चेलिहरुको उपचारको क्रममा धेरै आर्थिक खर्च भएको र थप उपचार गर्नु पर्नेभएकोले आर्थिक अबस्था धेरै नाजुक भएकोले अन्तरास्ट्रिय रोल्पाली सेवासमाज क्षेत्रीय समिती जुबैलका सबै नेपालिहरु दाजुभाइ दिदिबहिनी हरुमा सहायोगि दाताहरुमा आफुले सक्दो सयोग गरिदिनुहुन अपिल गरिएको छ।

बैठक कमल पुन मगरको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रम संचालक धुर्ब सारुमगर ले गर्नु भएको थियो ।उपाध्यक्ष जय बहादुर घर्ती को पनि उपस्थिति थियो त्येसै गरि रोल्पाली सर्जक तथा लोक दोहोरी गाएक रोल्पाली अन्तरास्ट्रिय सेवासमाज क्षेत्रीय समिती जुबैलका सहलाकार दिपक रोल्पाली लगाएत सबै पद अधिकारिहरुको उपस्थिति थियो ।

कार्यक्रममा  गाएक दिपक रोल्पाली dk ले आफ्नो नयाँ गित गाएर सबै रोल्पाली लगायत त्यहा उपस्थि भएका सबै नेपालिहरु लाई मनोरंजन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस