नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्धयलाई खुलापत्र !

Khabar24Nepal Author Logo..
खिमराज गिरी पढ्न लाग्ने समय : १५ मिनेट

अध्यक्षद्धय कमरेड अभिवादन !
सर्वप्रथम, तपाइँहरु दुवैजना विगतमा नेपाली जनताको तर्फबाट हार्दिकताका साथ वधाईका पात्र मात्र हुनुभएन कि नेपाल कम्युनिष्ट पार्टी स्थापनाको कयौं वसन्तहरु पार गरिसक्दा पनि एक आपसमा ताछिएर, नमाझिएर, वल्टो कोल्टो फर्केर कुनै नयाँ परिवर्तन ल्याउन पर्यो भने प्रायः जुटेर नभई फुटेर मात्र अन्य पार्टीलाई साथ दिने तर जुट्न कहिल्यै नजान्ने इतिहास वोकेका नेपालका कम्युनिष्टहरु आजको दिनमा यी दुई पार्टीहरु मिलेर नव पुनर्गठीत इतिहासकै शक्तिशाली कम्युनिष्ट पार्टी “नेपाल कम्युनिष्ट पार्टी“ को निर्माण गर्न सफलता हाँसिल गरी ऐतिहासिक साहसिक कार्य गर्नुभएको छ, ।

प्रायले भन्ने गर्दथे कि “यी हावादारी कम्युनिष्टहरु कहिले मिल्न जानेका छन् र आज मिल्छन ?“ अनि चौतारी गफमा छाँट्ने गर्दथे कि “टुट्ने र फुट्ने लेप लागेका यी कम्युनिष्टहरु खालि पद, मान, सम्मानका खातिर मात्र दौड धुप गर्दछन्, भाषण गर्न जान्दछन् तर वास्तविक जनताका पिर मर्काहरु सभा गोष्ठी र सम्मेलन सकिएपश्चात् विर्सिहाल्छन“

त्यो इतिहासका पानामा कहिल्यै मेटिने छैन र कहिल्यै टुट्ने र फुट्ने छैन भन्दै शुभकामना दिन चाहन्छु ! तपाइँहरुका यी साहसिक कार्यले गर्दा प्रदेस र संघको चुनाव अघि नेपाली जनतासामु जुन प्रतिवद्धता व्यक्त गर्नुभएको थियो त्यो प्रतिबद्धता आजका दिनमा सिद्धान्तमा पुरा गर्नुभएको छ तर व्यबहारमा नेपाली जनताले हेर्न बाँकि नै छ र प्रायले भन्ने गर्दथे कि “यी हावादारी कम्युनिष्टहरु कहिले मिल्न जानेका छन् र आज मिल्छन ?“ अनि चौतारी गफमा छाँट्ने गर्दथे कि “टुट्ने र फुट्ने लेप लागेका यी कम्युनिष्टहरु खालि पद, मान, सम्मानका खातिर मात्र दौड धुप गर्दछन्, भाषण गर्न जान्दछन् तर वास्तविक जनताका पिर मर्काहरु सभा गोष्ठी र सम्मेलन सकिएपश्चात् विर्सिहाल्छन“ तर, आज ती चिया पसल होस् या गाउँघरका उकाली ओराली अनि देउराली पाखामा हर्के, काइला र कान्छाले पोखेका तीता मीठा आवाजहरु जे भएपनि सहानुभूतिका आवाज थिए ती अनि कतै पार्टी एकता भाँडिने त होइन भन्ने जिज्ञासाका अभिव्यक्तिहरु थिए ति !

नीति शाश्त्रमा भनिएको छ, ”सल्लाहकारबाट गलत सल्लाह सुनेपछि या कुनियत या अयोग्य मन्त्रीपरिषद भएपछि राजाको विनाश हुन्छ, खराव संंगतमा लागेपछि असल नेता पनि खरावै हुन वाध्य हुन्छन् ।”

जे होस, नेपाल कम्युनिष्ट आन्दोलनका कयौं कठीनाहीका वावजुद आजको यस घडिमा दुई शक्तिशाली कम्युनिष्ट पार्टीको मिलनले सारा नेपाली जनतामा खुशिका बहाव छाएको बेला तपाईहरु भने सत्ता सम्हाले पश्चात् पार्टी र सरकार एक रथको दुई पांग्रा भएर देस र जनताको चाहनाबमोजिम अगाडि वढ्नुपर्ने यो कोरोनाको सन्त्रासले सताएको वर्तमान अवस्थामा अतीतका धेरै उकाली ओरानी, अप्ठ्याराहरु पनि पार गर्दै आइरहँदा कोरोना पश्चातका केहि दिनदेखि तपाइहरु अर्थात् दुई अध्यक्षले पार्टी र सरकारको दुरी अझ टाढा वनाई एकले अर्कोलाई प्रतिपक्ष दलजस्तो दोषारोपण गरी पार्टीको कहिले सचिवालय बैठक त कहिले पोलिटव्युरो बैठक भन्दै विताउनु भयो । तर कोरानाले देस आक्रान्त भएको वेला सिंङ्गो पार्टीका कार्यकर्तालगायत सवै पक्षलाई समेटेर अगाडि वढ्नुपर्नेमा यसो नभई सरकारको काम कारवाहीमा न त पार्टीको सहयोग जुट्यो न त गरेका राम्रा नराम्रा कामहरुको मूल्यााँकन हुनसक्यो । उल्टो प्रतिपक्षको जस्तो कटाक्ष गरी पद, पावर र कुर्चीको लोभमा आफ्नै घर भाँडिने वातावरणवाहेक केहि नभएजस्तो अनि विकासका कामहरु हुँदाहुँदै पनि साँच्चै कम्युनिष्ट पार्टी देस र जनताको लागि सेवा गर्ने पार्टी होइन रहेछ भन्ने कुरा आम जनमानसमा भ्रम पैदा गराउनुभयो ।

कोरोना संकंटको समयमा भारतसँगको सीमा अतिक्रमणको विषयमा सवै पक्षलाई समेटेर बढो साहसिक निर्णय गराउन सफल यो सरकार र पार्टी लगत्तै फेरि नागरिकता सम्बन्धि विधेयक र एमसीसीवारेमा पनि आफ्नो अडान कायमै राखेर जनताको नजरमा राम्रो साख पाईसकेको अवस्थामा एकाएक रातारात कुन तत्वले फेरि तपाईहरुलाई पानी वारावारको स्थितिमा पुर्यायो ?

कुनै पनि पार्टी या संस्था चल्नको लागि निश्चित विधान र पद्धतीहरु हुन्छन् र त्यहि पद्धति अनुसार कोहि नचलेमा आपसी समझदारी र सरसल्लाहले आफ्नो घरभित्रको समस्याको समाधान गर्न सकिन्छ तर पार्टीमा व्यक्ति कदापी ठूलो हुँदैन र जुन पार्टी र संस्थामा गुटवन्दीमा रमाउने सुटेड, बुटेड दलाल, विचौलियाहरु नतावाद, कृपावाद, फरियावाद, चाकरी र चाप्लुसीको कसीमा शक्ति र सत्ताको लोभमा सत्ता परिवर्तन गरी पद पाउने लोभमा कोठे वैठकमा रुमलिन्छन् त्यस्तो पार्टी या संस्थामा जीवनभर संघर्षको मैदानमा परेड खेली पार्टी, देस र जनताको लागि योगदान गरेका व्यक्तिहरु अवश्य नै पछि पर्दछन् नै । सायद त्यसैले नै अहिले व्यापक चर्चा र परिचर्चा वनेको विषय हो प्रधानमन्त्रीलाई सल्लाह दिने व्यक्तिहरु र केहि मन्त्रीहरुको रवैया जसले गर्दा प्रधानमन्त्रीले देसको लागि राम्रो काम गर्छु भन्दा भन्दै पनि न पार्टीले साथ दियो न त सरकारका केहि मन्त्रीहरुले ।

एकपटक अमेरिकी राष्ट्पति अब्राहम लिंकन बाटामा हिडिरहँदा बाटोमा एउटा मजदुरले झुकेर प्रणाम गर्यो र उनले पनि झुकेरै प्रणाम फर्काए र उनका साथीले उनलाई किन यस्तो भनेर प्रश्न गर्दा उनको जवाफ थियो कि “म चाहन्न कि नम्रतामा कोही म भन्दा अगाडि जाओस । “ त्यसैले नम्रता नै महानता हो भन्ने भनाईलाई यर्थाथतामा परिणत गर्न कतै कन्जुस्याइँ त भएन ?

राजनीतिमा दम्भले घाटा आफैलाई हुन्छ, कित्ताकाँट र गुटवन्दीको राजनीतिले आफ्नो विनास र शत्रुहरुको शिर अवश्य उच्च हुन्छ, नीति शाश्त्रमा भनिएको छ, ”सल्लाहकारबाट गलत सल्लाह सुनेपछि या कुनियत या अयोग्य मन्त्रीपरिषद भएपछि राजाको विनाश हुन्छ, खराव संंगतमा लागेपछि असल नेता पनि खरावै हुन वाध्य हुन्छन् ।” त्यसैले विगतमा यो सरकारले जे जस्ता राम्रा नराम्रा कामहरु गरेपनि त्यसको मूल्यांकन नेपाली जनताहरुले अवश्य नै गर्नेछन् र भ्रष्टाचारमा लिप्त यदि छन् भने अवश्य पनि सम्बन्धित निकायले कारवाहीको दायरामा ल्याउनै पर्दछ र ल्याउँछ पनि तर अहिलेको वर्तमान कोरोना संकंटको समयमा भारतसँगको सीमा अतिक्रमणको विषयमा सवै पक्षलाई समेटेर बढो साहसिक निर्णय गराउन सफल यो सरकार र पार्टी लगत्तै फेरि नागरिकता सम्बन्धि विधेयक र एमसीसीवारेमा पनि आफ्नो अडान कायमै राखेर जनताको नजरमा राम्रो साख पाईसकेको अवस्थामा एकाएक रातारात कुन तत्वले फेरि तपाईहरुलाई पानी वारावारको स्थितिमा पुर्यायो ? के अझैपनि पार्टीका शिर्षस्त नेताहरु जनता र देसको लागि भन्दा पनि व्यक्तिवाद, परिवारवाद, दलको गुटगत स्वार्थमा अल्झिएर देसलाई सिक्किम वनाउँन प्रयत्नरत त छैनन ?

एकीकरणको प्रकृया नटुँगिदै फेरि विभाजको संघारमा नेकपा भन्ने आम संचार माध्यमले हाइलाइट गर्दा विपक्षीको मन त हर्षविभोर भएकै होला तर जनजीविका, विकास र समृद्धिको आशा र भरोसामा बसेका सच्चा देशभक्त नेपालीको मनमा कति खिन्नताको वादल छाएको होला ?

एकपटक अमेरिकी राष्ट्रपति अब्राहम लिंकन बाटामा हिडिरहँदा बाटोमा एउटा मजदुरले झुकेर प्रणाम गर्यो र उनले पनि झुकेरै प्रणाम फर्काए र उनका साथीले उनलाई किन यस्तो भनेर प्रश्न गर्दा उनको जवाफ थियो कि “म चाहन्न कि नम्रतामा कोही म भन्दा अगाडि जाओस । “ त्यसैले नम्रता नै महानता हो भन्ने भनाईलाई यर्थाथतामा परिणत गर्न कतै कन्जुस्याइँ त भएन ? कि अझैपनि भारतीय दादागिरीको अगाडि जसरी प्रधानमन्त्रीले ७२ सालको भुकम्पमा डटेर सामना गर्नुभयो त्यसरी नै अहिलेको वर्तमान परिस्थितिमा पनि सीमा र नागरिकता विधेयक सम्बन्धमा डटेर अगाडि वढ्दा सरकारले गरेको कामको जस आफुले नपाउने भएर नै कतै सचिवालयका केहि नेता अनि पोलिटव्युरो सहितको मिलेमतोमा प्रधानमन्त्रीको राजिनामा माग्नुको पछाडि कुनै स्वार्थ त गाँसिएको छैन ?

आम नेपाली जनता आज यहि जिज्ञासाको पर्खाईमा छन् । तसर्थ नेपाली समाज परिवर्तनको लागि जीवनको लामो समय जेल नेल विताउनुभएका प्रधानमन्त्री र देसमा निरंकुशतन्त्र जरैबाट फाल्न दस वर्षे लामो जनयुद्धको कठोर यात्रा पार गर्दै यो अवस्थासम्म आउनुभएका अर्का अध्यक्ष प्रचण्ड, तपाईहरु दुवै जना स्वयमित भएर एक कदम अघि पछि भई पार्टीको मात्र समस्या होइन आज सारा देस र जनताको जिम्मेवारी तपाइँहरुको काँधमा भइरहेको समयमा काँधमा काँध मिलाएर अनेक गुट र उपगुटको पगरी नँगुथी, सवै शिर्षस्थ नेताहरुलाई एकै मोर्चामा सामेल गरी लैजानुको विकल्प नभएकोले पार्टीका झिना मसिना आन्तरिक कुराहरुमा नअल्झि अगाडि वढ्नुपर्ने आवश्यकतालाई मध्यनजर राख्दै वैज्ञानिक बेन्जामिन फ्रेकलिनलाई एउटा बालकले नोटबुकमा केहि लेखिदिन आग्रह गरेपछि उनले लेखे कि ” त्यो मानिस जो केहि न केहि गरिरहन्छ उसले धेरै गल्तीहरु गरिरहन्छ तर निकम्मा हुने गल्ती कहिल्यै गर्दैन ।” भन्ने चरितार्थलाई आत्मसाथ गरी मानिसका गल्ती हुन्छन् तर यसलाई सच्याएर अगाडि बढ्नु नै महानता हो न कि वदलाको भाव !

अन्यथा एकपटक विगततिर फर्केर हेर्नुहोस् त ५२ सालपछि फुटेको एमाले पछि किन जोडिन पुग्यो अनि सरकारमा स्पष्ट बहुमत हुँदाहुँदै पनि ३६ र ७२ को भागवण्डाको राजनीतिले काँग्रेसलाई कहाँ पुर्यायो ? विभिन्न दल चाहार्दै हिड्ने डा. बाबुराम भट्टराईको विरासत हिमालदेखिको राजनीति तराईमा गएर विसर्जन हुने स्थिति छ । उनी बौद्धिक मानिस त हुन् नि तर उनको विद्धताको प्रयोग नेपाली माटोमा कहाँ र कुन कित्तामा भएको छ त ? एकता नै बल हो र अनेकतालाई एकतामा बाँध्न खोज्ने नेता नै देस र जनताको लागि महान हुन् । आज मधेशवादी दलहरु त शिला खोज्दै एकताको गाँठोमा जेलिए भने नेकपा त आम जनताको नजरमा एक परिपक्क पार्टी हो र देसको लागि केहि गरे यहि पार्टीले गर्दछ भन्ने आशा, विश्वास र भरोसालाई माटोमा विलय गरी विभिन्न चरणको एकीकरणको प्रकृया नटुँगिदै फेरि विभाजको संघारमा नेकपा भन्ने आम संचार माध्यमले हाइलाइट गर्दा विपक्षीको मन त हर्षविभोर भएकै होला तर जनजीविका, विकास र समृद्धिको आशा र भरोसामा बसेका सच्चा देशभक्त नेपालीको मनमा कति खिन्नताको वादल छाएको होला ?

अध्यक्षद्धय, आज पक्कै पनि शुरुवाती दिनहरुमा सफलताको सागर पार गरेतापनि तपाइँहरुका अगाडि चुनौतिका पहाडहरु तेर्सिएका छन् । एकातिर कोरोनाको महामारीले देसको अर्थतन्त्र डामाडोल हुने स्थिति छ । यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्नेतिर सवैको ध्यान जानु जरुरी छ भने अर्कोतिर नेपाल तथा भारतका मिडिया तथा दैनिक अखवारहरुलाई नकारात्मक कुराहरु प्रसारण गर्नको लागि भ्याई नभ्याई छ । यसरी तपाईहरु समाचार माध्यममा किन दैनिकजसो चर्चाको विषय बन्नुभयो त यसमा केहि अतिततिर जाँदैछु ।

तपाइहरुको पहलमा सवै पार्टीहरु मिलि राष्ट्रिय सीमानाको कुरामा एकमत हुनुभयो त्यसैगरी नागरिकता विधेयकमा पनि सोच विचार गरी पार्टी एक ढिक्का भएजस्तै गुटवन्दीमा नलागी इमान्दारीता र नैतिकताको धरातलमा नेकपाका प्रत्येक नेताहरुले देस र जनताको सेवा गर्ने अवसर पाउँदा तपाइहरु त वाह्र हात हिँडेर वित्तामा अल्झिनुभयो

जव देसमा तीनै तहको चुनाव भयो तव नेकपाले झण्डै दुई तिहाई मत प्राप्त गर्यो र यसमा जनताले पूर्णरुपमा साथ दिएकै थिए, कम्युनिष्ट पार्टी मजवुत वनेकै थियो, जनताको आशा र भरोसा एकदमै थियो कि कम्युनिष्ट पार्टीले देस र जनताको लागि आफ्नो पारिवारिक तथा पार्टीगत स्वार्थ त्यागेर देस र जनताको लागि पद, पैसा, पावर शेयरीङ्ग, व्यक्तिगत प्रतिष्ठा आदिबाट पनि टाढा हुनेछन्, राजनीतिक अस्थिरताबाट व्युँतिएको देसलाई अव सामाजिक, आर्थिक, साँस्कृतिक क्रान्तिमा रुपान्तरण गर्नेछन्, भ्रष्टाचार निर्मुल हुनेछ, नातावाद, कृपावाद, डनवाद, नाजीवाद, फाँसिवाद आदि सवै संस्कारको अन्त्य हुनेछ, जनताको अति आवश्यक कुराहरु गाँस, वास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारीबाट केहि हदसम्म भने पनि छुटकारा पाउँनेछन् ।

यी तमाम आशा र तपाइहरुमाथिको भरोसाको वावजुद नेकपाको सरकारले शुरुका दिनहरुमा जसरी विकासको काममा अग्रसरता देखाएको थियो, त्यसरी नै हरेक क्षेत्रमा त्यहि रफतारको गति सिथिल हुँदैगयो । हुन त, यो सरकारले विगतका सरकार भन्दा हरेक क्षेत्रमा जनमुखी काम गरेकै छ, यसै सन्दर्भलाई केलाउँदा पारवहन सम्झौताको प्रोटोकल, कृषिको आधुनिकीकरण गर्ने गरी ५८ बुँदे कार्ययोजना र यस क्षेत्रमा हरेक किसानको पौंचमा सुविधा पुग्ने गरी पारदर्शी वितरण प्रणाली लागू गर्ने र किसानद्धारा उव्जाइएका अन्न तथा अन्य कृषिजन्य वस्तुहरुको वजारीकरणको जिम्मा सरकारले लिने, रेलमार्ग र जलमार्गको सम्झौता, वीरगञ्जमा एकीकृत सुरक्षा जाँच चौकी संचालनको सम्झौता, नौ सय मेगावाटको अरुण तेश्रो शिलान्यास, विराटनगरमा भारतीय दुतावासको क्याम्प वन्द, यातायात क्षेत्रमा सिन्डीकेट अन्त्यको प्रयास, सुन तस्करीको जालो तोड्ने प्रयास, श्रमीकको ज्यालामा करिव ३९ प्रतिशतले बृद्धि, बैदेशिक रोजगारीमा हुने गरेको ठगी नियन्त्रण, राष्ट्यि गौरवका आयोजनालाई प्राथामिकता, तराई मधेस काठमाण्डौ दुर्तमार्ग, सरकारी खर्चमा मितव्ययिता, राजदुत नियुक्तिमा मापदण्ड, स्थानिय तहलाई दरवन्दी स्वीकृति र नमूना कानुन, लोडसेडिङ्ग मुक्त देस, त्रिभुवन विमानस्थल २१ घण्टा संचालनमा, सरकारी विद्यालयमा विद्यार्थी भर्ना अभियान, विभिन्न ठाउँमा सडक पिचदेखि लिएर पुल निर्माणका कार्य, तुइन विस्थापित गर्ने कार्य अदि धेरै उपलब्धीमुलक कामहरु भएका पनि छन् तर जव सरकार संचालनको केहि महिनापश्चात जनताको चासो र गुनासकोरुपमा देखापरेका विषय वस्तुहरु भनेका निर्मला हत्या काण्ड, सुन काण्ड, वाइडवडी काण्ड, वालुवाटार जग्गाको विवाद, गुठी विधेयक, कोरोनाको महामारी शुरु भएपछि स्वास्थ्य सामाग्री खरीद सम्बन्धमा विवाद आदि कारणले गर्दा अनाहकमा जनताहरु कुरा वुझेर या नबुझि कोरोनाको यत्रो महामारी चलिराखेको समयमा पनि सडक आन्दोलन गरिराखेको अवस्था छ ।

भारतीय सीमामा दादागिरी अझै कायमै छ, तराइका केहि क्षेत्रहरु डुवानको स्थितिमा भई कयौं मानिसहरुको ज्यान जोखिममा छ । हुन त प्रतिक्रियावादी तत्वहरुले धमिलो पानीमा माछा मार्ने दाउपेच लिएर नै जव जव राज्यमा संकटकाल र प्राकृतिक विपत्ति पर्दछ तव तव प्रतिक्रियावादीहरुले खेल्ने मौका पाउँछन् तर यसो भयो भन्दैमा आज आम जनताले नबुझेका र उनीहरुको प्रश्न छ कि, विगतमा भएका केहि घटनाहरुको छानविन र गहीराइमा जान कसले रोक्यो ? ता कि सरकार त लगभग दुई तिहाइको छ, के अव पनि भारतीय प्रतिक्रियावादीले भन्न सुहाउला ? सरकार संचालन भएको एकवर्ष नवित्दै पार्टी एकीकरणको महत्वपूर्ण कामहरु बाँकी हुँदा हुँदै अनेक गुट र उपगुट बनाएर आम कार्यकर्ताहरु र जनतालाई निराशा किन पार्नुभयो ?

पार्टीमा जीवनभर संघर्ष गरेका बुद्धिजीवी कार्यकर्ताहरु हुँदाहुँदै अरौटे, भरौटेलाई प्राथामिकतामा राखि भागवण्डा र गुटको खेति गरी यो र त्यो गुट भन्ने प्रथा किन वसाइयो ? के नेकपा पित्तल, फलाम र सुनले जोडिएको हो र भागवण्डाको राजनीति गर्नुपर्ने ? चुनावको समयमा हामी कार्यकर्ताहरु फिल्डमा खटिएका त केपी वली ५ वर्ष प्रधानमन्त्री बन्ने पार्टीको जिम्मा प्रचण्डले लिने भनेर होइन र ? अनि नाममा कम्युनिष्ट साम्यवादी तर अझै केहि नेताको आचरण साम्राज्यवादी अनि तिनलाई पद दिनै पर्ने कारण के त ?

यत्रो कोरोनाको महामारीमा सरकार र पार्टी एक भएर अन्य दललाई पनि साथ लिई यसको विरुद्धमा माइक्रो म्यानेजमेण्टमा जानुको सट्टा यो र त्यो गुटको भनि कहिले खुमल्टार त कहिले भैंसेपाटी अनि कहिले वालुवाटार बैठक किन राख्नुपर्यो ? के प्रचण्ड, माधव नेपाल, झलनाथ, नारायणकाजीहरुलाई फेरि पालैपालो प्रधानमन्त्री चाहिएको या भारत र शेरबहादुरहरुको आदेस पालना ?

अन्यथा देसमा कम्युनिष्टको दुई तिहाइको सरकार छ, जनता अव पहिलाको जस्ता लाटा छैनन्, कोरोनासँगै जुध्दै देसमा सामाजिक एकता कायम गरी आर्थिकरुपमा पनि देसलाई समृद्धिको बाटोमा लैजान के भारतले फेरि पनि छेकेको हो र ? पक्कै पनि होइन होला । जसरी तपाइहरुको पहलमा सवै पार्टीहरु मिलि राष्ट्रिय सीमानाको कुरामा एकमत हुनुभयो त्यसैगरी नागरिकता विधेयकमा पनि सोच विचार गरी पार्टी एक ढिक्का भएजस्तै गुटवन्दीमा नलागी इमान्दारीता र नैतिकताको धरातलमा नेकपाका प्रत्येक नेताहरुले देस र जनताको सेवा गर्ने अवसर पाउँदा तपाइहरु त वाह्र हात हिँडेर वित्तामा अल्झिनुभयो किनकी देस विकासमा तीत्र्र अगाडि बढ्नुपर्ने समयमा कहिले सचिवालय बैठक भनि प्रधानमन्त्रीलाई अल्पमतमा पारिएको छ त कहिले केन्द्रिय कमिटीको कोठे र गुटवन्दीको वैठक राखि प्रधानमन्त्रीलाई काम गर्न दिइएको छैन भने यसरी तपाइहरु आफ्नै घरभित्रको छलफल हुँदा भाडामा विकेका पत्रुकारहरुलाई सभाहलमा भित्रयाइएको छ, भित्र सचिवालयमा निर्णय हुन वाँकि छ वाहिर तपाइँहरुलाई भाइरल बन्न हतारो छ, के यस्तो प्रवृत्तिले पार्टी चल्छ अध्यक्षद्धय महोदय ?

सत्ता, कुर्ची र भागवण्डाको राजनीतिमा नअल्झि सवै बाम, एकै ठाँम भन्ने पुरानो नारालाई सार्थकतामा परिणत गरी अझै बाँकी रहेका बाम शक्तिहरु नेत्रविक्रम चन्द, बैद्यलगायतलाई देसको मुलधारको राजनीतिमा ल्याउन सकियो भने तव न नेपालमा कम्युनिष्ट पार्टी मजवुद हुन्छ

गोप्यता, अनुशासन, मर्यादा, शिष्टाचारमा हिड्न नजान्ने, गुटवन्दीमा रमाई सिद्धान्तहिन राजनीति गर्ने नेताहरु कहिल्यै जनताको नजरमा राम्रो मानिदैन । आज देसभित्र विभिन्न विदेसी एजेन्टहरुले धर्मको नाममा सामाजिक सदभाव भड्काउने प्रयास गर्दैछन । यातायात क्षेत्रको सिन्डिकेट तोड्न सरकार सफल भएपनि अन्य हरेक क्षेत्रको सिन्डिकेटको जालोले जनताका दैनिकीलाई अप्ठेरोमा पारिराखेका छन्, शक्तिशाली कम्युनिष्ट सरकार भएको छ खुशीको कुरा तर प्रतिपक्षले सरकारको रचनात्मक कामको पनि संसदमा विरोध गर्ने संस्कार छोड्न नसकेको अवस्था छ किनकी जनताको अगाडि साख जोगाउनु छ, र नेपालमा सत्तापक्षले जतिसुकै राम्रो र समाजसेवी काम गरिरहेको भएपनि प्रतिपक्ष यति धुर्त भइदिन्छ कि सरकारको एउटा गल्तीको प्रतिक्षा गरिरहेको हुन्छ ।

यस्तै देस संघियताको मोडलमा छ र विदेसी शक्तिहरु र देस भित्रका कयौं वुद्धिजीवीहरुले पनि भन्ने गरेका छन् कि कतै कर्मचारीहरुसँगको समन्वयको अभावले संघियता धरापमा पर्ने त होइन ? मेडिकल माफियाले देसलाई जर्जर स्थितिमा पुर्याएका छन्, अन्य रोग लागेका व्यक्तिहरु अस्पत्ताल जाँदा कोरोना हो कि भनेर जाँचै गर्न डराउँछन् डाक्टरहरु, कोरोना व्यबस्थित अझै भइसकेको अवस्था छैन , गम्भिर रोग लागेका कयौं हुँदा खाने वुवा आमा, दाजु भाई तथा दिदी वहिनीहरुका दर्दनाक आत्माहरु आर्थिक अभावका कारण मृत्युको पर्खाइमा छटपटाइरहेका छन्, तर हुनेखाने महाशयहरु भने राज्यको सम्पति कसरी ब्रम्हालुट गर्न सकिन्छ भनि विरालोले दुध चोर्ने दाउ हेरेजस्तो कुरेर वसिराखेका हुन्छन्, हरेक क्षेत्रमा गुण्डा र दादागिरी प्रथा कायमै छ ।

तसर्थ सरकारले पनि हरेक निर्णयमा पार्टीसँग छलफल गर्नुपर्दछ र पार्टीले पनि सत्ता, कुर्ची र भागवण्डाको राजनीतिमा नअल्झि सवै बाम, एकै ठाँम भन्ने पुरानो नारालाई सार्थकतामा परिणत गरी अझै बाँकी रहेका बाम शक्तिहरु नेत्रविक्रम चन्द, बैद्यलगायतलाई देसको मुलधारको राजनीतिमा ल्याउन सकियो भने तव न नेपालमा कम्युनिष्ट पार्टी मजवुद हुन्छ र शक्ति र सत्ता, गुट र उपगुटमा नअल्झी पद र कुर्चीको लोभ नगरी एक सच्चा कम्युनिष्ट नेताको हैसियत देखाई राष्ट्यिताको मामलामा सवै शक्तिलाई एकजुट वनाई सियोदेखि मियोसम्म, सुनदेखि नुनसम्मको परनिर्भरता अन्त्य गर्दै एक सवल राष्ट्र र स्वाभिमानी नेपाली बन्न उत्प्रेरणा जाग्दछ ।

त्यसैले अध्यक्षद्धय तपाइहरुलाई यो गुनासो मेरो मात्र नभई आम कार्यकर्ता र नेपाली जनताको हो । आज जनता एकछाक खान र एकसरो लगाउन नपाएर भोक र रोगको पीडाले अस्पत्तालको छिडिमा पारिवारिक वोझ बन्नुभन्दा मर्नु नै वेस भनि मृत्युको पर्खाइमा दिन गुजारीरहेको अवस्था छ ! तर तपाइँहरु भने जनताले दिएको मतको अवमूल्यन गर्दैहुनुहुन्छ । यस अर्थमा कि एक अध्यक्षले प्रधानमन्त्री निर्धक्क तरिकाले चलाउने र अर्का अध्यक्षले पार्टीको जिम्मेवारी ढुक्कसँग चलाई हरेक सवालमा एकापसमा मतभेद नराखी यो र त्यो गुट नभनि एकै रथका दुई पाँग्राजस्तै अगाडि वढ्न कसले रोक्यो र कसले छेक्यो ?

सायद छेकेको भारतले कि प्रतिपक्षले कि आफ्नै स्वार्थ, गुट र उपगुटले ? पक्कै पनि आशा गरौं जहाँ वाद विवाद र प्रतिवाद अनि समस्या हुन्छ, त्यहाँ समाधान पनि पक्कै निस्किन्छ र आज आम कार्यकर्ता र नेपाली जनता सच्चा र सफा मनको मिलन विन्दुको पर्खाइमा छन् । तसर्थ सत्ताको मातमा खरायोको चाल नगरी सत्तापक्ष होस् या प्रतिपक्ष सवैलाई देसको नीति निर्माणको तह होस् या अन्य महत्वपूर्ण विषयहरुमा पनि सहभागी गराई अगाडि बढ्ने हो भने यो देसमा भएका कथित केहि वुद्धिजीवी र मानवअधिकारवादीहरुले जुनरुपमा अहिलेका वामपन्थी सरकारको वारेमा फुट्ने र टुट्ने सम्बन्धमा गलत टिका टिप्पणीहरु गरिराखेका छन् ती सवै पर्दा पछाडिका खेलाडी ठहरिनेछन् यसरी “गरे काम असम्भव के छ र !“ नारालाई आत्मासाथ गरी अगाडि बढ्यो भने यो देसले विकासको गतिमा निकास पाउनलाई अव धेरै वर्ष कुर्न नपर्ला तर तपाइहरु पद र भाग बण्डाको राजनीतिबाट टाढा भई सदैव साउथ अफ्रिकाका मण्डेला, भारतका महात्मा गान्धी, अमेरिकाका पुर्व राष्ट्रपति अब्राहम लिंकन, नेपालका गणेशमान सिँह र मनमोहन अधिकारीको जस्तो निश्वार्थ पारिवारिक र पार्टीगत राजनीतिक भावनाबाट मुक्त हुनुपर्यो ।

यो अनुरोध यसर्थमा हो कि तपाईहरु स्वार्थमा लिप्त भए देस हार्छ, जनताको विश्वास टुट्छ, पार्टी फुट्छ, नेकपा हार्छ, जनमत ओरालो लाग्छ, श्रर्मीकहरुको मन फुट्छ, देसको सपना अधुरो रहन्छ । त्यसैले भनिन्छ नि “संसारमा धन भन्दा विद्या ठूलो, कलम भन्दा तरवार लुलो, जुन नेताले मातृभूमीलाई भुल्यो त्यहाँका जनताको वल्दैन चुल्हो !“

अन्तमा नेपोलियन बोनापार्टले युद्धको प्रसंगमा भनेका थिए कि ”सफलतामाथि शंका गर्नु भनेकै आफुलाई कमजोर तुल्याउनु हो । कमजोर व्यक्तिले कहिल्यै सफलताको ताज पहिरन सक्दैन । यसको लागि त दृढ विश्वास चाहिन्छ । जसले गर्दा हर असंम्भवलाई सम्भव तुल्याइदिन्छ ।” ।

अभिवादन !

प्रतिक्रिया दिनुहोस