फागुन २४, भोजपुर । भोजपुर ट्याम्केमैयुम गाउँपालिका-२ रुमला बस्ने निरकुमार भुजेलको घरबाट भरुवा बन्दुक २ थान, भरुवा बन्दुकमा प्रयोग हुने ब्यारेल २ थान र ४ सय ग्राम बारुद तथा विभिन्न बन्यजन्तुको छाला बिहीबार बिहान प्रहरीले फेला पारी बरामद गरेको छ ।
बन्यजन्तुको छाला र अवैध भरुवा बन्दुक लुकाई छिपाई राखेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनको घरमा तलासी लिँदा उक्त हातहतियार तथा भालुको जस्तो देखिने छाला १ थान, मृगको जस्तो देखिने छाला १ थान, निगाले बाघको जस्तो देखिने छाला १ थान र रेडपाण्डाको जस्तो देखिने छाला १ थान समेत फेला पारी बरामद गरेको हो । निरकुमार भुजेल बैदेशिक रोजगारको सिलसिलामा विदेशमा रहेको खुल्न आएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस