सामाजिक दुरी कायम राख्दै मुगुमा रक्षाबन्धन

Khabar24Nepal Author Logo..
खड्क सुनार पढ्न लाग्ने समय : १ मिनेट

श्रावण १९, मुगु । हिमाली जिल्ला मुगुमा वैदिक सनातन धर्मावलम्बीले आज देश भर झै मुगुमा पनि रक्षाबन्धन, जनै पूर्णिमा मनाईएको छ । श्रावण शुक्ल पूर्णिमाका दिन बिहानै देखि यहाका प्रसिद्ध तिर्थ धाम, तिर्थ स्थलनदी, नेपाल कै ठुलो रारा तालमा गई स्नान गरी गुरु पुरोहितबाट रक्षा सूत्र बाँधेका छन् ।

यहका स्थानीय गुरु पुजारीहरुले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीतएवं डोरो रक्षासूत्र धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास रहेको पुजारीले बताएका छन् । आज विहानै देखि छायानाथ रारा नगरपालिका वडा नं १ स्थित रहेको कालिका मालिका मन्दिरमा भक्तजनहरुको भिड रहेको थियो । जिल्लाका प्रसिद्ध तिर्थ स्थलहरु छायानाथ धाम, ऋणिमोक्क्षतिर्थ लगायतका अन्य स-साना मठ मन्दिरहरुमा आज रक्षाबन्धनको समयमा घुईचो लागेको पुजारी भिम प्रसाद चौलागाईले जानकारी दिए । उनका अनुसार यस वर्ष कोरोना भाइरसको महामारी भएकाले रक्षाबन्धनका लागि स्वास्थ्य सतर्कता अपनाइएको बताए । भाईरस संक्रमण नफैलियभनि सामाजिक दुरी कायम गरि रक्षा बन्धन गरिएको जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस