मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १८ , सिरहा । बुधबार राति सिरहा नगरपालिका ११ भलुवाहीस्थित सिरहा–चौहर्वा सडक खण्डमा सिरहाबाट चोहर्वातर्फ जाँदै गरेको स ४ प ४६१० नम्बरको र विपरीत दिशातर्फ जाँदै गरेको स ४ प ७९२१ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका ५१ वर्षीय दीपक कुमार पंजियार र ३५ वर्षीय सिल्टु ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस