अपहरणको नाटक गरी फिरौती रकम माग गर्ने पक्राउ

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

चैत १८, काठमाडौं । अपरहरणको नाटक गरी आफ्नै परिवारसँग २३ लाख रुपैयाँ फिरौती रकम माग गर्ने काठमाडौं जडिबुटी बस्ने दार्चुला नौगाड गाउँपालिका-६ बस्ने २६ वर्षीय जयभान सिंह धामीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

धामीलाई अपरिचित व्यक्तिहरूले गत बिहीबार अपहरण गरी २३ लाख रुपैयाँ फिरौती रकम माग गरेको भन्ने सूचना महानगरीय अपराध महाशाखा टेकुमा प्राप्त भएपश्चात उक्त महाशाखाबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा धामीलाई काठमाडौं चावहिलमा फेला पारेको थियो । सोधपुछ गर्ने क्रममा धामीले आफू अपहरणमा परेको नभई लेनदेनको कारणले आफ्नै परिवारसँग फिरौती रकम माग गरी अपहरणको नाटक गरेको भनि बताएपछि अपहरणको नाटक गरेको खुल्न आएको अपराध महाशाखा टेकुले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस