बालाराम बुढामगर अर्थात् होलेरी विकासका मुख्य अभियन्ता

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

भदाै१९, होलेरी । रोल्पाको होलेरी नामै काफी छ। रुन्टीगढी गाउँपालिका र यस क्षेत्रका विकासप्रेसी नेता बालाराम बुढामगर निर्वाचित बनेपछि फेरिएको होलेरी, पछिल्लो समय विकासको गतिमा जिल्लाकै नमूना स्थानीय तह बनेको छ।

होलेरी माओवादी जनयुद्धले लामो समय छाँयामा प¥यो। तत्कालिन माओवादीले २०५२ फागुन १ मा होलेरी चौकी आक्रमणबाटै जनयुद्धको सुरुवात गरेको थियो। यो इतिहास समेत होलेरी विकासको नयाँ रुप मान्न सकिन्छ।

तत्कालिन माओवादीले ध्वस्त बनाएको होलेरी, प्रचण्ड, बाबुराम र बर्षमानहरु पटक–पटक सत्तामा पुग्दा समेत सोचेजति विकास र यहाँको जनजीनवमा खासै फेरिएन। पर्यटनमा राम्रो सम्भावना भएको यस क्षेत्र प्राकृतिक, धार्मिक, सांस्कृतिक र कृषि उत्पादनमा सबैभन्दा माथि मानिन्छ।

सशस्त्र द्वन्द्वको बेला आक्रमणमा परी ध्वस्त बनाएको होलेरी पछिल्लो समय तिब्र विकासको गतिमा अघि बढिरहेको छ। खासगरी स्थानीय तहले जनप्रतिनिधि पाएसँगै सबै तरिकाले – होलेरी वास्तविक होलेरी बनिरहेको छ। युवाहरुलाई गाउँ–गाउँमा आर्थिक पाटोसँग जोडिन गाउँपालिकाले महत्वपूर्ण योजनाहरु अघि सारेको रुन्टीगढीका धेरै उदाहरणहरु छन्।

सुन्दर र चर्चित होलेरी युद्ध पर्यटनसँगै प्राकृतिक रुपले पनि बढी महत्वपूर्ण मानिन्छ। यस क्षेत्रलाई रुन्टीगढी गाउँपालिकाकाले तिब्र विकासे योजनाका साथ अघि बढिइरहेको छ। आस्थाको केन्द्र स्वर्गद्धारी महाप्रभुको जन्म रुन्टी गाउँ र तपोभूमि गढीलाई प्रदेश ५ कै प्रमुख पर्यटकीय क्षेत्र बनाउँन रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढामगरले मुख्य भूमिका निभाएका छन्।

शान्ति प्रकृयापछि होलेरी क्षेत्रको विकास र समृद्धिका लागि सबैभन्दा बढी खट्ने कामकाजी नेताका रुपमा अध्यक्ष बुढामगर समेत परिचित छन्। देशमा नयाँ संविधानसँगै संघीयताले स्थानीय सरकारको परिकल्पना गरेपछि उनै बुढामगरलाई रुन्टीगढीका जनताले भारी मतले निर्वाचित समेत गरेका थिए।

होलेरी क्षेत्रको विकासमा दैनिक जसो नयाँ योजना साथ खटिने बालारामलाई काम गर्न भने पटक्कै सजिलो छैन। तर, उनले ती सबै अवरोधहरु पन्छ्याइ रहेका छन्। उनले यस क्षेत्रमा राम्रो काम गरेकै कारण कतिपय कांग्रेसीहरुबाट अनावश्यक र आधारहिन आरोपहरु समेत खेप्नु परेको छ। रुन्टीगढी गाउँपालिकामा नराम्रो सँग हारेपछि कांग्रेस थला परेको छ। वास्तवमा कांग्रेस निकै चिन्तित छ।

बेला–बेला कांग्रेसीहरुको अवरोध तथा आरोप आइरहेपनि बालारामको मुल्याङकन यस क्षेत्रका जनताले राम्रोसँग गरेका छन्। मानसिक रुपमा कमजोर बनाउँनका लागि गरिने बनावटी आरोपहरु सजिलैसँग पचाउँन सक्ने बालाराम काम गर्ने शैलीमा भने निडर र हक्की स्वभाबका छन्।

प्रतिक्रिया दिनुहोस