आश्चर्यमा पार्दैछ “कोरोना भाइरसले ! “

Khabar24Nepal Author Logo..
खिमराज गिरी पढ्न लाग्ने समय : १ मिनेट

कोरोनाले उच्च तहका ब्यक्तिदेखि सामान्य नागरिक सम्मलाई छोडेन, बिदेसका रास्ट्रपति, उपरास्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु, डा. इन्जिनीयर , पाइलट, प्रोफेसर, सुरक्षा तथा प्रशासनिक निकायका उच्च अधिकारी आदिलाई पनि कोरोना संक्रमण देखिनुले विश्व जगतमा कोरोना आश्चर्यको गहीराइमा दौडिरहेको महशुस भइरहेको छ । जीवनको प्रत्येक हिस्सा हिस्सामा सतर्कता अप्नाउन सक्ने क्षमता भएका अमेरिकी रास्ट्रपति डोनाल्ट ट्रमलाइमेत कोरोनाले छोडेन । अमेरिकामा बसोबास गर्ने एक नेपाली डा ढकालले नेपाली मिडियामा उनको आफ्नै लापरवाहीका कारण कोरोना संक्रमण देखिएको कुरा जानकारी गराएका थिए ।

यस्तै कोरोनाले गर्भावस्थाका भ्रुणदेखि ११० वर्षका बृद्दासम्मलाई छोडेको छैन । अचम्मको कुरा त नेपालमा यसको बृद्दी दर यसरी बढीरहेको छ कि मानौं यसको बेग रेलजस्तै तीब्र छ । तर धेरैजसो नेपालीहरु भने अझै लापरवाहीले सीमा नाघेर भिड्भाडमा जादा पनि सामान्य सतर्कता माक्ससमेत नलगाउने, सामाजिक दूरी कायम नराख्ने , होटेलहरुमा जथाभावी खानपिन आदि कार्यहरु गरिराखेकोले पनि यसको नियन्त्रण हुन धेरै गार्हो भैराखेको छ । मानिसले अब कोरोनालाई सामान्य रुघा खोकी सम्झी आफ्नो दैनिक कार्य निर्धक्ककासाथ संचालन गरिराखेको छ । झन अचम्मको कुरा त लगभग ७५ प्रतिशत मानिसलाई यो रोगको लक्षण नै देखिएको छैन तर डाक्टर र पाइलटहरुसमेतको अनुभवमा यो रोगलाई सामान्यरुपमा लिन नहुने भनाई र अनुभव भएकोले पनि भरसक सचेत हौं र अरुलाई पनि सचेत गराउँ ।

प्रतिक्रिया दिनुहोस